बिदेशमा हराएकी आमा
ऊ आफ्ना लाला बालालाई छोडेर हिडेको पनि ५ बर्ष पुगेछ । लोग्नेसँग राम्रो सम्बन्ध नभएपछि, कानूनी रुपमै छोड पत्र भएको थियो आफ्नो जायजेथा लिएर तीन सन्तानकी आमा कृष्णमाया एक बर्षसम्म आफ्नो गाउँघरमै बसेपछि एक दिन एक जना दिदीको सम्पर्कमा पुगेपछि आफ्नो संचित पैसा र आफ्नी बहिनी दिदीको सहयोग लिएर विदेश जाने बिचार आउछ । रातभरि निद्रा लाग्दैन । लोग्नेका आगनमा अहिले सुनसान छ । सासूआमाले छोरा नभएको बेला भेटेकी हुन्छिन । नाति नातिनाको सामु रुदै आफ्नो छोरालाई सराप्छिन, हुने हुनामी भैसकेको थियो ।

दु:ख के हो भनी जान्न, दु:खीलाई नै सोध्नु पर्छ
तिम्रो लागि म प्रेमको झरी हुँ प्रिय ।
बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
बसन्ती वहार छायो तिमीलाई देखेपछि
आज केही लेख्ने मुड चलेको छ तिम्रो बहानामा। तर सुरु कहाँबाट गरौँ! यति लामो बिछोडपछि पनि म केही लेख्नै सक्दिन तिम्रा लागि । किन थाहा छ? किनकि समयको पर्वाह नगरी, भौगोलिक दूरीको हरहिसाब नगरी तिमी हरदम मैमा छौ र म तिमीमा लपेटिएको हुन्छु । यो अटुट स्नेहको लहरोमा जेलिएपछि केही लेख्नै नसकिने रहेछ । तिमीलाई थाहै छ कुन बाध्यता र विवशताको मारमा परी म आजभन्दा ६ वर्ष पहिले तिमीलाई नाघेर ठुलो जहाजमा बसेर अपरिचित गन्तब्यतर्फ उडेको थिएँ । तिमीलाई छोड्दा आफ्नो दुधे बालक, मायालु पति र ब्रिद्दा आमालाई पनि त्यतै कतै छोडिराखेर यता बत्तीएको थिएँ । आजै जस्तो लाग्छ डाँकै छोडेर प्लेनभित्र पसेको, हेर्दाहेर्दै घर छुट्यो, परिवार छुट्यो, तिमी मेरो धरती छुट्यौ र लामो उडानसँगै तिमीमाथिको मेरो आकाश छुट्यो । तर पनि मैले त्यसबेला यतिधेरै गुनासो गरिन । तिमीलाई त केही भन्दै भनिन । आज यतिका पछि तिमीलाई नै भनेर केही शब्द जुटाउनुको कारण केही गुनासा र केही वाचा कसमका कुराहरू छन् जो आजै नभनी भएको छैन ।
आँखाभित्र गाजलु ती, ओठ लाली रैछ,
अर्काको आँशुमा पौडने मित्रहरू
स्तव्ध छु म
आयु बढोस तिम्रो भन्दै मैले पूजा गर्दै थिए
१. कथाकार परिचय
ब्यथा बिना दुख्दा छाती, दिनभन्दा च्याप्छ राति
आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
इतिहासको त्यो सुन्दर परिदृष्य