Skip to content

ks

बिदेशमा हराएकी आमा

  • by

ऊ आफ्ना लाला बालालाई छोडेर हिडेको पनि ५ बर्ष पुगेछ । लोग्नेसँग राम्रो सम्बन्ध नभएपछि, कानूनी रुपमै छोड पत्र भएको थियो आफ्नो जायजेथा लिएर तीन सन्तानकी आमा कृष्णमाया एक बर्षसम्म आफ्नो गाउँघरमै बसेपछि एक दिन एक जना दिदीको सम्पर्कमा पुगेपछि आफ्नो संचित पैसा र आफ्नी बहिनी दिदीको सहयोग लिएर विदेश जाने बिचार आउछ । रातभरि निद्रा लाग्दैन । लोग्नेका आगनमा अहिले सुनसान छ । सासूआमाले छोरा नभएको बेला भेटेकी हुन्छिन । नाति नातिनाको सामु रुदै आफ्नो छोरालाई सराप्छिन, हुने हुनामी भैसकेको थियो ।

दु:ख के हो भनी जान्न

  • by

दु:ख के हो भनी जान्न, दु:खीलाई नै सोध्नु पर्छ
नसोध भो सुखीलाई त, जुम्ला हात जोड्नु पर्छ ।।

झिस्मिसे मै बाटो लाग्छन्, बधियाँ र अधियाँमा
छाक टार्न ओत लाग्न, दासी बन्दै जोत्नु पर्छ ।।

प्रेमको झरी

  • by

तिम्रो लागि म प्रेमको झरी हुँ प्रिय ।
चाहे हिउँद होस् या बर्षा,
बर्सिरहन्छु सधैँ सधैँ
तर मनको सफा आकाशमा
बेमेलरुपी काला बादलका धब्बाहरू
मडारिन थाले भने,
मेघ गर्जन सक्छ, पानीसँगै असिना बर्षन सक्छ,
या भनौँ, अप्रत्यासित रुपमा
बर्षेको असिनाले हामीलाई
चुट्न पनि सक्छ है ।

दुखी मन्का बेदनाहरू

  • by

दुखी मन्का बेदनाहरू आँशुसँगै पिएको छु
तिता मीठा सम्झनाका साहराले जिएको छु

बाध्यताले आज हामी बिछोड हुन परे पनि
अतित हाम्रो जीवनमा आउँनेछ साथी बनी
तिमीलाई पनि मिठा केही पल दिएको छु
मैले तिनै सम्झनाका साहराले जिएको छु

बडप्पन र घमण्डले नमात्तिनु

बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
जति दु:ख परे पनि नआत्तिनु साथी तिमी

राम्रा हुन्छन आफ्नै रीति, संस्कृति र परम्परा
बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी

बसन्ती वहार छायो

  • by

बसन्ती वहार छायो तिमीलाई देखेपछि
फेरि बाँच्ने रहर जाग्यो तिमीसँग भेटेपछि

रुझेको परेली पुछ्दै हाँस्न सिकायौ मलाई
टुक्रिएको मुटु पनि गाँस्न सिकायौ मलाई
मेरो संघार उज्यालो भयो तिमीले टेकेपछि
फेरि बाँच्ने रहर जाग्यो तिमीसँग भेटेपछि

सुनगाभासँग बग्दो देश

  • by

विश्व पुष्प व्यापारमा ज्यादै आकर्षक मानिने सुनाखरीको बढ्दो तस्करीले नेपाली सम्पदामाथि पहिरो चलाएको छ।

प्रिय नेपाल !

  • by

आज केही लेख्ने मुड चलेको छ तिम्रो बहानामा। तर सुरु कहाँबाट गरौँ! यति लामो बिछोडपछि पनि म केही लेख्नै सक्दिन तिम्रा लागि । किन थाहा छ? किनकि समयको पर्वाह नगरी, भौगोलिक दूरीको हरहिसाब नगरी तिमी हरदम मैमा छौ र म तिमीमा लपेटिएको हुन्छु । यो अटुट स्नेहको लहरोमा जेलिएपछि केही लेख्नै नसकिने रहेछ । तिमीलाई थाहै छ कुन बाध्यता र विवशताको मारमा परी म आजभन्दा ६ वर्ष पहिले तिमीलाई नाघेर ठुलो जहाजमा बसेर अपरिचित गन्तब्यतर्फ उडेको थिएँ । तिमीलाई छोड्दा आफ्नो दुधे बालक, मायालु पति र ब्रिद्दा आमालाई पनि त्यतै कतै छोडिराखेर यता बत्तीएको थिएँ । आजै जस्तो लाग्छ डाँकै छोडेर प्लेनभित्र पसेको, हेर्दाहेर्दै घर छुट्यो, परिवार छुट्यो, तिमी मेरो धरती छुट्यौ र लामो उडानसँगै तिमीमाथिको मेरो आकाश छुट्यो । तर पनि मैले त्यसबेला यतिधेरै गुनासो गरिन । तिमीलाई त केही भन्दै भनिन । आज यतिका पछि तिमीलाई नै भनेर केही शब्द जुटाउनुको कारण केही गुनासा र केही वाचा कसमका कुराहरू छन् जो आजै नभनी भएको छैन ।

आँखाभित्र गाजलु ती

  • by

आँखाभित्र गाजलु ती, ओठ लाली रैछ,
वास्ना चल्ने फूल रोप्ने, बोट माली रैछ ।

उन्को मुहार जुनजस्तो, खुल्दै टल्किएको,
मन चन्चल पार्ने उन्को, खोट गाली रैछ ।

राधिका कुइँकेल (खनाल)को मौन आकाश नियाल्दा

परिचय

मौन आकाशकी गजलकार हुनुहुन्छ राधिका कुँइकेल (खनाल) । राधिका कुँइकेलको जन्म २०३३ साल अश्विन १६ गते समुद्रटार –४, नुवाकोटमा, पिता शिवप्रसाद कुँइकेल र माता दमयन्ती कुँइकेलकी सुपुत्रीको रूपमा भएको थियो । उहाँका श्रीमान, पिता शर्मानाथ खनाल र माता इन्द्रकुमारी खनालका सुपुत्र, उत्तमराज खनाल हुनुहुन्छ । राधिका राजघाट स्वास्थ केन्द्र गौशाला, काठमाण्डौमा कार्यरत हुनुहुन्छ । साहित्यिक अवद्धता हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनमा विशिष्ट सदस्यमा छ भने संलग्नतालाई हेर्दा ट्रेड युनियन काँग्रेसको अध्यक्ष, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधि, विभिन्न गैरसरकारी संघ–संस्थाको सदस्य हुनुहुन्छ । प्रकाशित कृति मौन आकाश गजलसङ्ग्रहको साथै फेसबुक र विभिन्न पत्रपत्रिकामा गजल प्रकाशन भएको अध्ययन गर्न पाइन्छ ।

स्तव्ध छु म

  • by

स्तव्ध छु म
तिमी नआउने खवरले ।

बर्षौबर्ष प्रतीक्षाले ठडिएका
पहाडहरूमाथि उक्लिएर हेर्दैथिएँ
तिम्रा बाटाहरू ;
वाचा पूरा गर्ने
रहरका उपहारहरू लिएर आउँछौ भन्ने थियो

आयु बढोस तिम्रो

  • by

आयु बढोस तिम्रो भन्दै मैले पूजा गर्दै थिए
तिम्रो नाममा भगवानलाई फूल प्रसाद भर्दै थिए

अग्निमा होम हाल्दै थियौ लगनगाँठो कस्दै आखिर
जीवन सफल होस् भन्दै, म अक्षता छर्दै थिए

कथाकार मातृका कृत ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण

  • by

१. कथाकार परिचय

वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्बजस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सांस्कृतिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका ठानागाउँ–४, थामखर्क, उदयपुरका साहित्यकार मातृका पोखरेल नेपाली साहित्य धरोहर निर्माणका नयाँ योद्धा होइनन् । उनको कथन छ– ‘समाजमा नङ्याउनु पर्ने मानिसहरू अझैसम्म पनि नाङ्गिन सकेका छैनन् । शोषण, अत्याचार र भ्रष्टाचारको भर्याङ्गमाथि चढेर बनेको ‘इज्जत र प्रतिष्ठा’ लाई समाजले अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन । अर्थात्, हामीले समाजलाई त्यो स्तरसम्म चेतना सम्पन्न बनाउन सकेका छैनौं । समाज रूपान्तरणका निम्ति भिन्न भिन्न क्षेत्रबाट क्रियाशील हामी सबैका लागि यो ठूलो चुनौतिको विषय हो ।’

ब्यथा बिना दुख्दा छाती

  • by

ब्यथा बिना दुख्दा छाती, दिनभन्दा च्याप्छ राति
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नानाभाती

मन चरी उडी जान्छे तन छोडी सयनमा
सपनीको बाटो छेक्न आँशु बग्छ नयनमा
मिर्मिरेमा तारा खस्दा सम्झनाको बढ्यो ताँती
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नाना भाँती

देव्रे आँखा फरफरायो

  • by

देव्रे आँखा फरफरायो के हुने हो फेरि
पूरै शरीर थरथरायो के हुने हो फेरि

हुकुचिलले कराएर कुलच्छिन भो सधैं
भ्यागुतो नि टरटरायो के हुने हो फेरि

आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ

  • by

आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
आँटिलो भै जिन्दगीमा बाँच्न सिकाऊ

एउटै आशा भरोशाको तिमी बिन्दु हौ
अविरल बगिरहने तिमी सिन्धु हौ
तिम्रै तालमा मलाई पनि नाँच्न सिकाऊ
आँटिलो भै जिन्दगीमा बाँच्न सिकाऊ

देश रोइरहेछ

  • by

इतिहासको त्यो सुन्दर परिदृष्य
अनि,
बन्दुक र तोपका गोलासँग लड्दै
किल्ला जमाई बस्ने कथाहरू
नाल अनि बन्दुकमाथि
विजयी गर्ने यस धर्तीका शहिदहरू
सम्झी सम्झी आज
देश रोइरहेछ ।