Skip to content

ks

DilipKumarJha

नेपाली बम

  • by

नेपाली हामी सबै नेपाल हाम्रो घर हो–२
इमान्दारीको बाटोमा–२ हिँड्ने हाम्रो बानी हो ।
नेपाली हामी सबै………..

विभिन्न क्षेत्रमा बाँडिने, विभिन्न पार्टीमा बाँडिने
विदेशीको छल हो,
नेपाली हामी सबै …………….

मान्छे भई पशु व्यवहार नगर्नु

मान्छे भई पशु व्यवहार नगर्नु याद राख
अब उपरान्त मेरो सामू नपर्नु याद राख

एकएक गेडी खुसीको संगाली माला गाँस्छु
छिनालेर सबै यत्रतत्र नछर्नु याद राख

खुसी सारा लुटी रित्तै

खुसी सारा लुटी रित्तै, बनायो पापी मायाले
कसैको आँसुमा उत्सव, मनायो पापी मायाले

देखिँदै मुखमा राम, भित्र छुरा लुकाउँदै
सबैभन्दा असल आफैँ, भनायो पापी मायाले

अपरिचित मान्छे

  • by

उपत्यका बाहिरबाट काठमाण्डौंमा केही गर्छु भनेर आउनेहरूको लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउघरमा लठेप्रोले जीवनसंगी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तीन हप्ता खोजेपछि बानेश्वर बुद्धनगरमा एउटा मध्ययम स्तरको कोठा पाएँ । घरबेटीले रंगरोघन गरे पनि बसौं लाग्ने भने थिएन । भान्साका टाटाहरू, कार्पेटको टुक्राटुक्री, नपल्टिएको भित्तपात्रो, चुरोटका ठुटाठुटी, फ्याँकिएको कपीहरू । यी नै थिए कोठाको शौन्दर्य ।

एकांकी १४ – देश हराएको सूचना

  • by

पात्रहरू:
सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे
युवक : ३० बर्से जवान युवक
युवती : २८ बर्से युवती
वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको

मनमा मायाको अमिट छाप

मनमा मायाको अमिट छाप दिएर गयौ ।
अंगाल्दै सुस्तरी पिठ्युमा धाप दिएर गयौ ।।

… उर्लन्छ खहरे सम्झना बनी छल्केर आँशु,
चिसिन्न कहिले अनौठो ताप दिएर गयौ ।।

उड्दै थिएँ पंक्षी सरी

  • by

उड्दै थिएँ पंक्षी सरी वेग मारी भीरबाट
जालमा पारी प्वाँख लुट्यौ कुल्चिंदैछौ शीरबाट

दि-स्वप्नमा हराई रमाऊ झारिदिएँ खोंचमा भनी
बुझें मैले जीवनको रीत कल्कलाउने तीरबाट

अजम्बरी माया लाऊँ

  • by

तिम्ले मैले पिरती को, रुप दिउँ केही भिन्न
अजम्बरी माया लाऊँ, नसकुन् कसैले छिन्न

कति माया प्रीति यहाँ, हुन्छन् मात्र बनावटी
स्वार्थ लुट्न कैयौ माया, हुने गर्छन् देखावटी
चोखो माया जीवनमा, गाह्रो पर्दो रैछ चिन्न
कुनै बस्तु पनि हैन, कहीं कतै पाइने किन्न

परिवर्तन (लघुकथा)

  • by

बाजे हरिदास, अत्यन्त धार्मिक थिए । कमिला कुल्चिएकोमा उनी पछुताएर एकाउन्न वर्षमा नै थलिएर मरे । उनका छोरा भक्तदास, उदार स्वभावका थिए । उनी बावुको जीवनकालसम्म शाकाहारी भएपनि विरामी परेको वेलामा स्वास्थ्यका लागि भनेर आफन्त र छिमेकीका करले माछामासु खाने भएर निस्किए । उनी पहिलाका शाकाहारी र पछिल्लो समयमा सन्तुलित भोजन सेवनबाट दीर्घजीवन प्राप्त उनी गत वर्ष ८७ वर्षमा कुनै रोग नलागेपनि एक दिनको व्यथाबाट परलोक गमन गरे ।

सबै कुरा बिर्सिएर

  • by

सबै कुरा बिर्सिएर, पिऊँ जस्तो लाग्यो आज
नशासङ्गै हराउँदै, जिऊँ जस्तो लाग्यो आज

“काग जति कराए नि, पिना सुक्न छोड्ने होइन”
त्यसैले त आफ्नो मुख, सिऊँ जस्तो लाग्यो आज

कोही भन्छ यो गाउमा

  • by

कोही भन्छ यो गाउमा धेरै थोकको अभाव छ
कसम् सुन्छु झुटो भए यी गीताको किताब छ

पिरतीको परिभाषा तपाई नै दिनुहोस !
यौटा हातमा गुलाव त अर्को हातमा सराब छ

चोकचोक्बाट भट्टीहरू हटाइनु पर्छ अब
रक्सीले नै कयौ यहाँ घरबारमा तनाब छ

BinaTamang-06

घरी आँखा सन्काउँछ

  • by

घरी आँखा सन्काउँछ घरी माया जताउँछ
साँच्चै माया गर्छु भनी ईशाराले बताउँछ

जता जान्छु उतै आई मर्छु भनी घुर्क्याउँछ
अघिपछि लाग्दै ऊ निक्कै मलाई सताउँछ

KalpanaBhabuk

मेरी आदी

  • by

आँखाभरि आँशु टिलपिल टिलपिल गर्दैछन ! बोली मधुरो अस्पष्ट अनि अनुहार रातो देखिन्छ! आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइरहेको! म यता उता गर्दै समय काटिरहेकी छु! आफ्नो पालो आउने बित्तिकै यहाँका बेलिबिस्तार पतिदेवलाई सुनाउना निक्कै आतुर छु!

नर्शले बोलाइन र रुममा जाने आदेश दिइन ! म रूममा पसेंर बजैलाई सोंधे, “भोक लाग्यो ?” टाउको हल्लाइन । मैले खानेकुरा ल्याएर दिएँ । उनी खाँदै भन्छिन, “नेपाल फोन गरिस त ?”

उदाउँदा जून तारा टोलाइदिने

उदाउँदा जून तारा टोलाइदिने बानी कस्तो ?
एक छिन टाढा हुँदा बोलाइदिने बानी कस्तो?

टाढाबाट ईशाराले माया गर्छु तिम्लाई भन्दा
फूलको थुङ्गा फक्क्रे झैं फक्रिइदिने बानी कस्तो?

मायाको कसिलो गाठोले

  • by

मायाको कसिलो गाठोले, किन बेरेको खै
बुझाउदिनन् बुझ्दिन पत्र, किन केरेको खै

यादमा झुमी न्रिदोष, नसालु मृगनयन
अस्पष्ट आक्रमक रुपमा, किन हेरेको खै

ओ नयाँ बर्ष

  • by

ओ नयाँ बर्ष
आफ्नो यस्तै छ खबर
बरु भन
तिम्रो कस्तो छ हालखबर ?
आफ्नो त आजभोलि
पार्टीले सरकार छोडेपछि
सता र भत्ता तोडेपछि
बिहान योग अभ्यास गरिन्छ
दिनभर खालमा तास हेरिन्छ