Skip to content

कोही भन्छ यो गाउमा

  • by


कोही भन्छ यो गाउमा धेरै थोकको अभाव छ
कसम् सुन्छु झुटो भए यी गीताको किताब छ

पिरतीको परिभाषा तपाई नै दिनुहोस !
यौटा हातमा गुलाव त अर्को हातमा सराब छ

चोकचोक्बाट भट्टीहरू हटाइनु पर्छ अब
रक्सीले नै कयौ यहाँ घरबारमा तनाब छ

बिहे गर्दा जूनभन्दा राम्री मेरी प्रिया भन्थे
पिएपछि राम्री छैनस् श्रीमानको जवाफ छ

स्वागत् गर्थे सरकारलाई मेरो दैलो टेकिदिऊन्
यो घर धान देश चलाउछु मेरो यौटै प्रस्ताब छ

रमेश प्रसाद अर्याल (स्याङ्जालि रमेश)
—–अर्जुनचौपारी ४
हाल-मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *