Skip to content
DilipKumarJha


नेपाली हामी सबै नेपाल हाम्रो घर हो–२
इमान्दारीको बाटोमा–२ हिँड्ने हाम्रो बानी हो ।
नेपाली हामी सबै………..

विभिन्न क्षेत्रमा बाँडिने, विभिन्न पार्टीमा बाँडिने
विदेशीको छल हो,
नेपाली हामी सबै …………….

भ्रष्टचार गर्दा गर्दै भ्रष्टचारी आएका हुन्,
अत्याचार गर्दा गर्दै अत्याचारी आएका हुन्
जाग हे नेपाली जनता ! दुराचारी आएका हुन् ।
नेपाली हामी सबै …………

शराब र शबाबको बलमा कस्तो नवाब आएका हुन्
रक्सी र मासु खाएर हत्यारा आएका हुन्
जाग हे नेपाली जनता –२ बलात्कारी आएका हुन्
सबै इज्जत गुमिसक्यो
चेलीबेटी विदेश गए
जाग हे नेपाली जनता ! सम्मानको रक्षा गर ।
नेपाली हामी सबै नेपाल हाम्रो घर हो…

दिगो शान्तिका लागि एउटा सरकार हुनुपर्छ,
विपक्षीको रूपमा जनता पार्टी हुनुपर्छ ।
नेपाली हामी सबै नेपाल हाम्रो घर हो…

कोयलको कुरो नगर,
कौआको कुरै नगर, एउटा डाँफे हुनुपर्छ
नेपाली हामी सबै नेपाल हाम्रो घर हो…..

आइन्स्टीनको कुरो नगर,
न्युटनको कुरै नगर
एउटा दिलीप हुनुपर्छ,
नेपाली हामी सबै नेपाल हाम्रो घर हो…..

सुभाषको कुरो नगर,
भगतसिंहको कुरै नगर,
एउटा साकेत हुनुपर्छ,
नेपाली हामी सबै नेपाल हाम्रो घर हो,
इमान्दारीको बाटोमा हिँड्ने हाम्रो बानी हो ।

–राजविराज–९, राजदेवीटोल, सप्तरी
मो.नं. ९८०४७१७३६३

दिलिपकुमार झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *