Skip to content

ks

गुण्डाराज

  • by

बिर्खे एक्लो थियो । सानैमा उसका बाबु आमा बितेका थिए । पढ्न स्कूल त गएको पनि हो । ६ क्लास पढदा पढ्दै स्कूल छोडिदियो । राजनीतिमा जिन्दावाद मुर्दावाद भन्दै हिड्यो । सानोतिनो टोली नेता पनि भयो । गर्दा गर्दै दादाको संगत गर्यो । नेताहरूसँग पनि संपर्क बढ्यो । गर्दा गर्दै देशको नेता पनि भयो ।

भाग्यबश देशमा गुण्डाराज मौलायो । त्यही लहलहीमा मन्त्री पनि भयो । शिक्षामन्त्री । मन्त्रीको मुख्य काम भनेको सभा र सेमिनार त हो ।

क्रुर शासक विरुद्ध जिउँदा जनताको लडाइँ

  • by

कुरा हो, कथा हो २०५९ साल फागुन ९ गतेको । यस कथा व्यथामा विर्सनै नसकिने राम्रा नराम्रा प्रवृत्तिका पात्रहरू हुन्- दुःख सुखका खूल्ला दिलका क्षणिक सहयात्री क. असर्फी सदा जो अन्तरिम कालमा सभासद पनि भए, आशाराम चौधरी जसकोे हृदयमा पंक्तिकारले विशाल आकाश देखेको थियो, त्यो प्रेमपूर्ण मन र सहयोगी हातहरूलाई यो पंक्तिकार सलाम गर्दछ । उत्तम रुपाखेती (मेजर) जसको नेतृत्वमा यस पंक्तिकारले मृत्युसँग नजिकैबाट साक्षात्कार गर्ने मौका पायो । अर्का त्यस्ता महापुरुष जसको कृपा यस पात्रमा नहुँदो हो त यी शब्दहरू कदापि कतै पढ्न पाइन्नथ्यो, तत्कालीन एस. पी. नवीन अधिकारी । यस्ता पुरुषहरूको सल्लाह र सद्भाव अनुरुप विशेष गरेर आजका युवावर्ग हिँड्ने हो भने नयाँ नेपालको निर्माणका लागि दशकौँ दशक कुर्नु पर्दैन्थ्यो । ती सन्दर्भहरू कुनै समयमा अर्कै ठाउँ र परिवेसमा केलाउँने बाचा गर्दै यस पटक भने थोरै प्रसँग किसन पात्रका रुपमा अघि सारिएको छ ।

र अन्तत: म पोइल हिंडें

आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें। अनगिन्ती अनुहारसँग यो आँखा ठोक्किन्छ तर केही खास अनुहारका खास आँखाहरूले मलाई तुरुन्तै कैद गर्छन । यसरी मेरा आँखालाई कैदी बनाउने अत्यन्त सीमित आँखामध्ये उसका ती दुई शान्त आँखा पनि थिए । सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाई प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाई हल्का छोएझैं भान हुन्थ्यो जसले उसलाई छुँदै आएको होला । उसका बोलीको मधुरता, उसका हाउभाउका शिष्टता ओहो! केही त छ उसमा । म अनुमानै गर्न सक्दिनथें उसका बारे । जहा त्यति चंचल हाउभाउ छ त्यहाँ भारी गम्भीरता पनि छ किन? निर्दोष ती आँखाहरूमा नछोड्ने तर बुझिनसकिने रहस्य भएझैं किन? तर असहज थियो त्यसरी एकाएक कसैमाथि गहिरो चासो राख्नु । एकोहोरो हेरिदिनु ।

IshworManiAdhikari

समयको तस्बिर

  • by


यौटा ख्याउटे झिङ्गे माछो
ठुला माछाहरूको अगाडि
हात थापेर
न्याय मागिरहेछ !

न्याय,
आँखामा कालो पट्टि बाँधेर
दिब्य दृष्टिको हवाला दिंदै
लमतन्न /लम्पसार
तराजुमा झुण्डिरहेछ ।

झुपडीको चिसो चुलो

झुपडीको चिसो चुलो बाल्नेलाई सलाम !
भोकाएको दुव्लो देश पाल्नेलाई सलाम !!

आफ्नी जोईको गुन्यू–चोली सबले फेरेकै छन्
देशको लाज छोप्ने टालो टाल्नेलाई सलाम !

जिन्दगीको गाडी कहाँ रोकिने

  • by

जिन्दगीको गाडी कहाँ रोकिने हो थाहा छैन
अँझै केही चल्ने हो कि ठोकिने हो थाहा छैन

गाह्रो हुन्छ हिंड्न डुल्न हात खुट्टा बसेपछि
रोई कराई कहिलेसम्म बोकिने हो थाहा छैन

अनुत्तरित प्रश्नहरू

  • by

सुस्त मनस्थिति भएको बीरुको छोरो कान्छाले आँगन सँगैको खोल्मामा बाँधेको लैनो गाईलाई तीन-चार सिर्कना लगाएर कराउँदै भन्यो, “लु मर ! अहिले गोबर सोहोरेर सफा गरेको होइन, फेरि हगिस् ?”

गाईले दाम्लो छिनाएर भागौंला झैं गरेर यता र उता गर्यो ।

बीरुले कान्छालाई सम्झाउदै भन्यो, “अबुई कान्छा ! गाईलाई त्यसरी कुट्नु हुन्न नि ! फेरि दूध दिदैन, अनि के खानु हामीले ?”

यो सहर

  • by

अचेल यो सहरमा
मोटरहरू अन्धाधुन्ध गुडिरहेछन्
सडकका पेटी पेटीहरूमा
माग्नेहरू कचौरा तेर्छयाएर
पैसा मागिरहेछन्
तमाम् आमा र श्रीमतीहरू
छोरा र श्रीमानहरू

दुख्दा मन झर्यो आँशु

  • by

दुख्दा मन झर्यो आँशु झेलमा पारिस भन्यौ
मुटु चुँडी दिएँ मैले तेलमा खारिस भन्यौ

घाइते थियौ डोर्‍याउँदै लगें चुचुरोमा
पहिरो आई भीर खस्दा भेलमा झारिस भन्यौ

प्रकृतिको स्नेह हरेक जीवनमा

  • by

सजाउदै जाऔँ यो बन पाखालाई
कोइलीले गाइरहने मीठो भाखालाई

बोट बिरूवा माया लाउदै फुलिरहन्छन्
मृग मृगिनी प्रफुल्ल भई डुलिरहन्छन्

अलिकति जुक्यो नजर

  • by

अलिकति झुक्यो नजर, अलिकति लुकाऊ बहर
बाङ्गो छैन सोझो विचार, अलिकति दुखाऊ कहर ।।

खालि ठाउ छ कि दिलमा, यो मुटुलाई सजाई राख्नलाई
देऊ न रेखी बुझ्ने आधार, अलिकति फुकाऊ रहर ।।

नसके नि आकाशका ताराहरू

नसके नि आकाशका ताराहरू गन्नु थियो
छुटी गयौ दोबाटोमै केही कुरा भन्नु थियो

एकलासे वनको बाटो तिमीलाई भेटेकोथें
डर त्रास मनको सबै त्यसै दिन मेटेकोथें
तिमीसँगै यात्रा गर्न अर्कै बाटो खन्नु थियो
छुटी गयौ दोबाटोमै केही कुरा भन्नु थियो

राजको अन्तिम पत्र आशालाई

पराई प्रेयसी आशा……

रेगिस्तानबाट अन्तिम प्रेमोपहार, नयाँ जीवनको शुभकामना सहित ।

आशा र म एकै छिमेकका बसेरा हौ । मैले थाहा पाए अनुसार आशाले मलाई मनपराउथी तर भन्न डराउथी । हामी दुईकै पानी भर्ने पधेरी एकै थियो । एकदिन साँझपख उनको र मेरो पधेरीमा भेट भयो । मैले उसलाई छेड हानेँ, “के हो, आशा यति साँझ पधेरीमा ? चक्रर छ जस्तो छ नि ?”

एक भोट उसैलाई

  • by

शुरुमा उसले औकातले नभ्याएर
खुट्टामा चप्पल लाउनै जानेन ।

छरछर्ती फुटेर खुट्टा रगत बगाउँदै
नाँगै गोडामा उसले साहूको भारी बोकेकै हो ।

जनयुद्ध कि धनयुद्ध उसले खुट्याउन नसकेपनि
जीवनको आहुति देशको लागि दिन भनेर स्टारजुत्ता भिर्दै
छापामार लडाईं लड्न कस्सियो ऊ कमरेडहरूसँग ।

जोडदार प्रतिकृयाले दिएको मजा (साहित्यसन्ध्या २६४ औँ शृंखला)

  • by

‘साहित्यसन्ध्या’ अरु बेलाभन्दा बाक्लो उपस्थितिबीच क्लिीप माइक्रोफोनबाट फुकिएका कुराहरू कुसुम ज्ञवालीबाट ल्यापटपमा रिकर्डिङ हुँदै सञ्चालन भइरहेको ।

सुमी लोहनीले ‘मधुश्री,’ मिश्र उमाले ‘हातमा माला लिएर,’ टङ्क उप्रेतीले ‘डुङ्गा,’ सूर्य सुवेदीले ‘उधारो शुभकामना,’ मोहन दुवालले ‘नयाँ वर्ष’, प्रशान्त खरेलले ‘प्रतिबद्धता र यथार्थता’, ईश्वर श्रेष्ठले ‘बाग्मती,’ भारद्वज मित्रले ‘शुभकामना,’ नारायण निराशीले वसन्ततिलक छन्दमा ‘शुभकामना’, कविता, नरेश शाक्यले ‘मुक्तकहरू’, (उनको वाचनको बेला ताली पड्किएको) र धनबहादुर मगरले गीत सुनाए ।

चाँद खोज्दैछ आज अन्धकारमा

  • by

चाँद खोज्दैछ आज अन्धकारमा साथ तिम्रो
उता जुन टुलुटुलु हेरि सुन्छ, बात तिम्रो

स्वयम तिमी चम्कन्छौ अँधेरी यो प्रहरमा
प्यारले जगत उज्यालो दिन्छौ कस्तो मात तिम्रो

आज फेरि देखें त्यहाँ

आज फेरि देखें त्यहाँ सिसा एक फुट्दै थियो ।
एउटा मन रुदै थियो क्रोधी मुटु कुट्दै थियो

बलहिन शक्तिहिन के नै गर्न सक्थ्यो र ऊ ?
दबाउन उसलाई गुट गुट जुट्दै थियो