Skip to content


जिन्दगीको पलपल कैयौं भए भूल प्रिया
यो भूलको पूर्वपथ बन्न गयो शूल प्रिया

आकाशका सप्तऋषि तपोवन झरे सरि
उज्वल भो तपोवन स्वच्छ भयो मूल प्रिया

महानता पवित्रता ज्ञानको छ भण्डार हेरौं
भण्डारको बगैचामा फुल्छ सुद्ध फूल प्रिया

क्रमिकता यो संसार बार, मास, ऋतु हुन्छ
ऋतुसँगै समग्रमा प्रकृतिमा डुल प्रिया

सफलता उज्वलता पूर्णताको पथ बीचे
जीवनसागर पार गर्न चाहिन्छ पुल प्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *