पत्थरले हाने पनि सोचेँ कुनै फूल थियो
सर्पलाई आफ्नो ठानेँ मेरो ठूलो भूल थियो
छताछुल्ल पोखिदिएँ खुसीहरू उन्को सामू
खुसी लिई चोट दिई बदलाको शूल थियो
खुम्चेको त्यो छातीभित्र वैमन्श्यता बास गर्यो
यस्तो लाग्यो ऊभित्र त दुश्मनीको हुल थियो
विधाता नै विपक्षीको साक्षी बन्न गएपछि
जिन्दगी त उस्कै लागि मात्र अनुकूल थियो
राजेश रुम्बा लामा’अतृप्त’
