Skip to content

मुटु मेरो चुँडी लगिन् झुटो माया लाउनेले

  • by


मुटु मेरो चुँडी लगिन् झुटो माया लाउनेले
निद्राबाट ब्यूँझादिइन् सपनीमा आउनेले

कुनै दिन चौतारीमा मलाई कुरी बस्थिन्
अञ्जुलीमा फूल टिपी बाटोभरि छर्थिन्
तर आज बिर्सिदिइन् उनको मेरो प्रीत
दुबै मिली गाएका ती उकालीमा गीत

अाजसम्म हाम्रो गीत देउरालीले गाउँदैछ
खोलानाला माया बोकी हामीलाई नै खोज्दैछ
मिलनमा हाँस्ने फूल लाजले आज झुकेछ
झुटो माया लाउनेदेखि जून तारा लुकेछ

शब्द – सुद्धि नेपाल
स्वर – सत्यनारायण राजभण्डारी
संगीत – द्वारिकालाल जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *