Skip to content

किन बुझ्दैनौँ हामी बालमनोविज्ञान

  • by


‘सम्यक’ उसको स्थायी नाम हो, तर सानो र सबैको प्यारो भएकाले उसलाई घरका सबैले अनि गाउँकाले पनि ‘भाइ’ भनेर बोलाउँछन् । ऊ पनि आफूलाई ‘भाइ’ नै भन्ने र्दछ । नाताले ऊ मेरो छोराको छोरो नाति हो । भाइ दुई वर्ष वर्षको भयो । ऊ अत्यन्तै चञ्चल छ । चञ्चल केटाकेटी तीव्र बुद्धिका हुन्छन् । त्यसैले ऊ मेरो पुस्तकहरू अर्थात् मधुपर्क, गरिमा मासिक पत्रिका र अन्य साहित्यिक पुस्तकहरू जे भेटे पनि पल्टाएर पढेको अभिनय गरिरहन्छ । ऊ विशेषत मसँग बसेर जिज्ञासाका साथ कुरा गरिरहन मनपराउँछ ।

केटाकेटीहरू जिज्ञासु हुन्छन् । त्यसैले मेरो नाति मसँग प्लेन कसले बनाउँछ, कसरी आकाशमा उड्छ, त्यसभित्र मान्छे कसरी पस्छन्, कहाँ जान्छु, तल खस्यो भने के हुन्छ ? जस्ताप्रश्नहरू गरिरहन्छ । म पनि उसका एकएक प्रश्नको बुझ्ने भाषामा झर्को नमानी उत्तर दिने गर्छु । त्यसैले ऊ मसँग बसेर कुराकानी गर्न रमाउँछ । अरूलाईभन्दा बढी बलाई मन पराउँछ ।

केटाकेटीका सिक्ने समयका सकारात्मक प्रश्नहरूको सही उत्तर र कारात्मक प्रश्नहरूको उसले थाहा नपाउने गरी भिन्न उत्तर दिएर चित्त बुझाउन अल्छी गर्नुहुँदैन । प्रश्न गरेको बेला झर्को मान्ने, उत्तर न दिने, नकरा भनेर गाली गर्ने र अनर्थ उत्तर दियो भने बालकको बुद्धि पनि अनर्थतिरै लाग्दछ । तसर्थ बालजिज्ञासालाई अनर्थ नठानीकन सही उत्तर दिएर उनीहरूलाई शान्त पार्नु हामी अभिभावकको कर्तव्यभित्र पर्न आउँछ । म केटाकेटीसँग बसेर कुराकानी गर्न मनपराउँछ र नै उनीहरू पनि मेरा छेउमा बसेर कुरा र्ग वा सुन्न रूचाउँछन् ।

सम्यकको एउटा बानी मात्र नराम्रो छ । ऊ सजिलोसँग खाना खाँदैन । उसलाई जे खुवाउन पनि अलमल्याएर ‘म खाँदैछु’ भन्ने कुरा बिर्साएर मात्र खुवाउन सकिन्छ । यो आजभोलिका प्रायःजसो बालकहरूको साझा रोग हो । बाबुआमालाई बढी फुर्सद भएर जे जे गरेपनि पुग्ने भएकाले र एउटा वा दुइटामात्र बालक भएर पुल्पुलिएको हो भन्ने मेरो अध्ययन र अनुभव छ । योभन्दा जेठी अर्कै छोराकी छोरी समृद्धिको पनि अवस्था यस्तै थियो । ऊ आजभोलि सुधि्रएको अनुभव हुँदैछ ।

हामी सबै अभिभावक बालकहरूका मनको कुरा अर्थात् बाल मनोविज्ञान जान्न सक्तैनौँ र उनीहरू हामीसँग झगडा गरिरहन्छन् । हामी कुटेर, थुनेर, हप्काएर तह लाउने प्रयास गर्दछँैं तर हाम्रो प्रयास विफल भइरहेको छ भन्ने कुरा थाहापाउँदैनौँ । यातना, दबाव र अनावश्यक नियन्त्रण राखिएका केटाकेटी भित्रभित्रै कुण्ठित हुँदै जान्छन् र केही ठूला भएपछि पूरै नियन्त्रण बाहिर हुन्छन् । तसर्थ केटाकेटीलाई सानैदेखि आफ्नै संलग्नतामा बन्धनमुक्त राख्नुपर्दछ । तसर्थ केटाकेटीलाई सानैदेखि आफ्नै संलग्नतामा बन्धनमुक्त राख्नुपर्दछ । नत्र सधैँ बाँधेर राखेको गाई कुनैदिन फुस्क्यो भने नियन्त्रणमा लिन गाह्रो परेझैं हुनसक्तछ । आजभोलिका केटाकेटी बन्धनमुक्त हुनासाथ नसालुपदार्थको कुलतमा लागेर आफू पनि सकिन्छन्, परिवारलाई पनि सक्छन् र गाउँ समाजलाई पनि सताउँछन् । त्यसैले केटाकेटीलाई सानैदेखि पे्रमभावकका साथ पूर्ण निगरानीमा राख्नुपर्दछ । हैकम र दबावमा राखेका केटाकेटी कहिल्यै सप्रदैनन् । बालकलाई जति कुट्यो वा यातना दियो त्यति विकृत बन्दै जान्छ । ज्ञान बाबुआमाले कहिल्यै केटाकेटीलाई कुट्दैनन् । उनीहरूकै छोराछोरी असल, ज्ञानी, अनुशासित र उद्यमी भएका पाइन्छन् । केटाकेटीलाई बजारमा पाइने तयारी खाना ख्वाउनु र आवश्यकताभन्दा बढी पैसा दिनु चाहिँ अपराधै मानिन्छ ।

मेरो नाति भाषा सिक्ने र संसार बुझ्ने अवस्थामा छ । उसले आफ्नो प्यारो साथी घरैको ‘मिनी’ भन्ने सानो बेलायती कुकुरलाई बनाएको छ । कुकुरको साथी पनि नाति नै हो । यी दुवै मित्रहरूको बाल संसार रहर लाग्दो छ । यिनीहरू आपसमा कहिल्यै झगडा गर्दैनन् । सँगै बस्न सँगै खेल्न, सँगसँगै खान र सँगसँगै घुम्न खुब मनपराउँछन् । त्यसैले यिनीहरूको बालसंसार अति रमाइलो छ । यिनीहरू एकअर्काका भाषा बुझ्दैनन् तर इसारा राम्रोसँग बुझ्छन् र नै उनीहरूमा रमाइलो छ ।

नाति सम्यक आजभोलि मेरो केठामा आएर मैले प्रयोग गर्ने दाँत माझ्ने ब्रुस लाउने चप्पल, दाह्री काट्ने रेजर र उसकी हजुरआमाले राखेको कोठा बढार्‍ने कुचो भेट्नासाथ फालिदिने भएको छ । अरू सामान फाल्दैन । यी सामान मात्र किन फाल्छ । म यसको कारण पत्ता लाउन प्रयत्न गरिरहेको छु । म उसलाई सोध्ने गर्छु -‘नाति फटाहा कि ज्ञानी’ उसले तुरून्तै उत्तर दिन्छ ‘ज्ञानी’ । त्यसपछि म फेरि प्रश्न गर्छु ‘ज्ञानी मानिसले सामान फाल्दैनन् त !’ उसले उत्तर दिन्छ -‘अब फाल्दिन’ । तर पनि उसले सामान फाल्न छाडेको छैन । म पनि कारण पत्ता लाउने प्रयत्नबाट पृथक् भएको छुइँन ।

नाति खराब बालक होइन । तर पनि ऊ केही सामान फाल्न थालेको छ । यसको कारण थाहा पाउन सके ऊसँग तुरून्तै सम्झौता हुन्छ र ती सामानहरू फाल्न छाड्छ भन्ने कुरा मलाई थाहा छ । तर बालमनोविज्ञानको अध्ययन र अनुभव कम भएकाले निष्कर्षमा पुग्न सकेको छुइँन । तथापि सामान फालेको देख्नासाथ म ऊसँग नरिसाई विनम्रतापूर्वक नफाल्न आग्रह गर्दछु, टिपेर ल्याउँछु र उसलाई बोकेर उसको ध्यान अन्यत्र लैजाने प्रयत्न गर्दछु । मलाई विश्वास छ मेरो प्रयत्नले चाँडै सकारात्मक गति लिने छ । नातिको कलिलो ज्ञानमा मेरो सकारात्मक सोचको छाप अवश्य पर्नेछ ।

बालकहरूको भाषा र हामीले बालकसँग प्रयोग गर्ने भाषाको स्वरूप पनि भिन्न भिन्न अवस्थाको हुन्छ । उसको ‘नाना’ खोल्नासाथ ‘ढुकुर’ देखिन्छ । ‘भिनीले’ खान्छ भनेर हत्तपत्त हत्केलाले छोप्छ । तसर्थ बालकभन्दा हामी अभिभावक ज्ञानी बनौं र बिना कारण बालकलाई यातना दिएर विकृत न बनाऔँ । बालक जन्मदा उसको मस्तिष्क रित्तै आएको हुन्छ । त्ये रित्तो मस्तिष्कमा हामीले राम्रा ज्ञानका कुराहरू हालिदियौँ भने बालक असल बन्दै जाने र खबरा नराम्रा कुराहरू हाल्दै गयँैं भने खराब बन्दै जाने कुरामा कुनै सन्देह छैन । मेरो ज्ञानी नाति मेरा केही सामान मात्र किन फाल्छ ? कारण पत्ता लाउन भने मैले छाडेको छुइँन ।

शनिबार, गोरखापत्र
माघ १५, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *