समयसँग सम्झौता हैन सङ्घर्ष गर सङ्घर्ष
आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष ।
सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ
हजारौँ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ
आकाशमा उड्छ बादलु चट्याङ बोकी विचित्र
जति महान् छ जीवन यात्रा त्यति नै बाधा त्यहीभित्र
लक्ष्य छ विशाल अनन्त सुखको महासागर
जानु छ टाढा अजङ्गका दुःखको पहाड नाघेर ।
मधुपर्क २०६८ बैशाख
