Skip to content


ऊ के गर्दै होला? यतिबेला
सम्झँदै मैलाई होला कि
हराउँदै आफैँमा होला?
म त
म त सम्झिएरै हराउछुँ उसैमा
साँच्चै ऊ पनि हराएरै सम्झँदो हो त?
ऊ के गर्दै होला यतिबेला??
त्यो थुम्को माथि को बादलुले
उसकै झझल्को दिलाइरहेछ
उसले पनि हेर्दै होला कि
बिर्सियो होला ?
हाम्रो माया
उसले मलाई सम्झे पनि
या नसम्झे पनि
म त उसकै आकृति मनभरि सजाएर
बिर्सिरहेछु आफ्नो धरतल!
डाँडा को सल्लाको रुख
ढल्यो होला कि उस्तै होला?
म त उसै गरी नाम कोरिरहेछु
सल्लेवीर को जङ्गल भरि
साँच्चै ऊ मलाई बिर्सेर पनि सम्झँदो हो कि
सम्झेर पनि बिर्सँदो हो?
आज केतुकेको झाङ देखेँ
म त चुर्लुम्म डुबेछु
त्यही झाडिमा
चसक्क बिझाउने गरी
उसको यादको इतिहास
उसलाई पनि
दुख्यो होला त मेरो
चहराउने घाउहरू ले??

Leave a Reply

Your email address will not be published. Required fields are marked *