प्रिय ! एक अञ्जान…
बन्द कोठाको एकान्तबाट,
तिम्रो गहिरो यादको- ताजगी
यथार्थले-सतारहेको बेला !
कति गर्छौ माया थाहा छैन ?
चैत्रको घामले पोलिरहेको बेला ?
महामारीले मरिन्छ कि भन्ने चिन्ता ?
दुईको सपना !
जीवन्त एक हुनुपर्छ !
चट्टान झैं जोडिएका हामी
यो सब थाहा छ तिमीलाई !
फेरि ! बुझ्न सकिन,
बुझेरपनि प्रेम सम्बन्ध
किन आतंकित छौ प्रिय !
प्रेम दुई आत्माको मिलन हो।
एक अञ्जान हृदयले-
अर्को अञ्जान हृदयसँग-
गरिएको दरिलो संझौता !
दुई मुट एक भएको बेला !
धड्कन बढिरहेको बेला !
कहिलेकाही तिम्रो आभासले,
सताएको ऐंठनले,
थाहा छैन म कहाँ हराउँछु ?
हो, जीवनको अनन्त गहिराइमा !
तिमी एक्लै- म पनि एक्लै।
तर,
जित्नु छ, हामीले-डरलाग्दो महामारी
उफ !
भेट हुन्छ या हुँदैन,
किनकि ! एक कहालीलाग्दो त्रासदीले,
हामीलाई थुनिरहेछ !
यही त्रासदीमा !
कतै तिम्रो मन बदलिन्छ कि भन्ने चिन्ता ?
प्रिय !
भनन के तिमी बदलिन्छौं र ?
-‘असीम’ बेसीशहर,२०७६ चैत्र २०
