Skip to content

मौषम बदला लिदैछ

  • by

करोडौंका पाप पखालेर
शुद्ध कहलाइदिने
धर्तीका गहिरा तलाउबाट
मनुष्यका तापले रापिएको
कुण्ठित पानी,

कुण्ठित पानी
दग्द किरणका प्रहारले
वाफिदै कुइरो बनी
उँभो-उँभो लाग्दा
पठारतिर
अग्ला पर्वतसँग निधार जुधेपछि
रन्थनिदै
अविश्वासको कालो बादल बनेर
सखारै
अनि सम्साँझै गड्गडाएपछि
आकाशबाट असिना त बर्सिन्छ नै
लाग्दैछ, मौषम !
आजकल बदला लिदैछ दिनदिनै
मनुष्यका अनगिन्ती पापहरुको
एकएक गरी औंला गनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *