आउनुस् एकछिन हिही गरौ

तुलसीका मठमा र वर-पीपलका फेदमा
अक्सिजनको आवश्यकता पूरा गर्दै
मेरा देशका जनता आत्तिंदै छ्न तड्पिंदै छ्न
हस्पिटल छ बेड छैन
डाक्टर छ अक्सिजन छैन ।

तुलसीका मठमा र वर-पीपलका फेदमा
अक्सिजनको आवश्यकता पूरा गर्दै
मेरा देशका जनता आत्तिंदै छ्न तड्पिंदै छ्न
हस्पिटल छ बेड छैन
डाक्टर छ अक्सिजन छैन ।

विद्यार्थीहरूलाई अचेल
युनिफर्म लगाएर स्कुल जानु छैन,
स्कुलबस कुर्नु परेको छैन,
बिहान चाँडै उठेर
अबेर रातिसम्म पढ्ने वाध्यता छैन ।

तिम्रो मन्द मुस्कानमा
म लठ्ठिएको
सुनकेश्रा तिम्रा कपालहरुमा
सिगौरी खेलेको,
कहिले हेर्न पाउँछ्यौ ?

संसार विजय गरेँ भनेर
अन्तरिक्ष कब्जा गर्ने होडमा थियौ क्यारे ।
आज अदृश्य शुत्रसँग पराजित भएर
आफू मात्र होइन
मानव अस्तित्व माथि नै सङ्कट उत्पन्न गर्यौ क्यारे ।

सारै राम्री गुडिया
हेर्दा लाग्ने चिडिया
जिउ चट्ट मिलेको
ओठ लाली लपक्कै
मुहार छ बलेको
ज्योति जस्तै धपक्कै

भत्काउन चाहन्छु म यी पर्खालहरू
बाहिर निस्कन चाहन्छु
कुसंस्कारको पिजडाबाट
र
उड्न चाहन्छु खुला आकाशमा
बेपरवाह भई

चुरोटका स्वादसँगै रमाएँ
सम्भावनास्रोत सहस्र पाएँ
तिनै उघाएँ र यता फिजाएँ
लुनीसँगै सिर्जन गीत गाएँ ।।

यसपालि वनमा त गुराँस फुल्यो
तर खै किन हो
मनमा गुराँस फुल्न सकेन
अचानकको हुरीले
बस्ती सखाप पारे जस्तै
मनमा हुरी चलेर
ढालेका छन् गुराँसका बोटहरू ।

कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि हाँसौं,
त्यसैले थोरै भएपनि हँसाऔं,
सम्बन्धमा यही त हुन्छ,
हाँसौं र हँसाउने प्रयास गरौं ।१।

बाध्यताका साइरनहरू
कर्कश ध्वनि निकाल्दै
सडकमा हुइँकिदा
अल्प मनुष्यहरुद्वारा सृजित
धुलो धुवाँले आहत भएको,

बार्दलीबाट ठेलमठेल गरेर
कालो मुलायम केशलाई सुनौलो देखाइदिने
ती एक अम्खोरा प्रकाशका किरणहरुलाई हेर्छु
अनि
निला गगनमा चन्द्रमा टिप्न उडेका एक हुल चराका बथान देख्छु

पटकपटक सपनीमा तिमीलाई भेट्ने गर्छु
गुम्सिएका मनका कुरा त्यही भेटमा साट्छु
नजिक हुन खोज्छु तर तिमी टाढा भाग्छौ
आफ्नै ठान्छु तर तिमी पराई झै लाग्छौ

सुखले खानु पुगोस्,
खुशीले दिनु पुगोस्
चिताएको ठाउँमा जानु पुगोस्,
अस्पताल धाउनू नपरोस्,

सुख समृद्धि, सुस्वास्थ्य एव म चिरायु र पुगोस् मन चाहना,
नव वर्ष २०७८ को हार्दिक मङ्गलमय शुभकामना ।

तिमी धरतीकी सुन्दर फूल हौ
तिमी आकाशकी सुन्दर जून हौ
तिमी सङ्गीतकी धुन हौ
तिमी बहुमूल्य सुन हौ

आकाशीय मेघार्जनको अट्टहासले
त्रसित कोमल बादल
लडिबुडी गर्दै रुन थाल्छे
उत्ताउला ज्वाला र बज्रनादका
कठोर कर्कसताले आतिएर
क्षितिजमा भौतारिन थाल्छे ।

तिम्रो मायाबिना यो जिन्दगी कसरी चलाऊँ
दिलभित्र प्रेमका नसुनी कथा कसरी निदाऊँ
जुन र तारा कहाँ खस्छ र जमिनमा म देखाऊँ
तिम्रो मायाबिना यो जिन्दगी कसरी चलाऊँ

जनतामा आश मरेको बेला
नेतृत्वले घात गरेको बेला
स्वाधीनता बसाइँ सरेको बेला
राष्ट्रियता बन्धकमा परेको बेला
दुखेको छ प्रत्येक नेपाली मन ।
साथी छिमेकी र समाजको दुहाई दिनेहरु भयो अब धेरै भयो दुहाई र दुहाई दिनेहरु ताकी जानाजानी झुठो प्रवृती वर्षाएर भयो अब धेरै दुहाई नदेउ ।Read More »साथीको मेलो