Skip to content


अनुहारमा आकाशको जून छ
त्यसैलाई छुने मन छ
नलगाई दाग छुने छु
जुनीभर तिम्रै हुने छु

आँखामा मोती दाना छ
टिपेर ल्याउने चाहना छ
नछुटाई थोपा टिप्ने छु
मुटुमा सजाई राख्ने छु

खडेरीको मृग तृष्णा छ
चढेर भेट्ने लिस्ना छ
एकबार अबस्य भेट्ने छु
टिपेर मन भित्र राख्ने छु

निरोगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *