१)
सानी थिई
आँखाकी नानी थिई
हुलुक्क बढिछे
मनमा थिई
बार्दलीबाट हेर्थी त्यो गोरीले
पोइल हिडिछे
खुत्रुक्कै पारिनी पातली मोरीले
भुईँमा झर्यो झम्के बुलाकी !
२)
पढ्न जाँदा फेल मात्र
साथीसंगी जिस्काउने
तरुनीले नपत्याउने
कपाल मेरो लामो लामो
बाहिर चिल्लो भित्र फुस्रो
मरिहत्ते गरेकै हो
के गर्नु र ?
गोजी जहिल्यै रित्तो हुन्थ्यो
पातलीले पत्याइन
बाल-मतलव भन्दै भागी
त्यसै गयो लर्के जोवन !!
३)
हातको चुरा
सिउदोको सिन्दुर
टिमिक्क त्यो तन
मिलेकै थ्यो त
त्यो र यो मन
परेवा जोडी थ्यो
दुई चार दिन परदेश लागेँ
गहना बनाउन
प्यारी त्यो तिम्रो गलामा
प्यारी तिम्रै त्यो सल्लाहामा
फर्केर जाँदा घरमा थिईन
त्यो पोइल हिडिछे
खुत्रुक्कै पारी यो ज्यानलाई
पातली मोरीले
गयो मेरो आधा जोवन !!!
