Skip to content

गद्य कविता

नेता, तिम्रै कारणले….

कति गर्छौ ए, नेताहरु,
लुछाचुँडी सत्ताको लागि ।।
आफ्ना कार्यकर्ताहरु पोस्न,
तलब र भत्ताको लागि ।।
यहाँ जनता नाङ्गीएका छन्,
बनाएका पुल बाङ्गीएका छन् ।।
नेता हो, तिम्रै कारणले……

एउटा निर्दोष व्यक्ति सजाय भोग्छ,
अपराध गरेको छैन विचरा ।।
भ्रष्ट्रचारी भन्दै आरोप लगाइन्छ,
भ्रष्ट्रचारी उ हैन विचरा ।।
उन्मुक्त भइहाल्छन् दोषी यहाँ,
निर्दोषको रगत सोसी यहाँ ।।
नेता हो, तिम्रै कारणले……

अन्धकार छ चारै चौरास,
जलस्रोतको धनी देशमा ।।
एउटा सच्चा नेता आउँदैन,
जनताको बनी देशमा ।।
सराप्नेछन् नदीनालाहरुले,
भोलि जन्मने बालाहरुले ।।
नेता हो, तिम्रै कारणले……

विनोद विवश

अब आउने नयाँ बर्ष

  • by

हर्ष अनि उल्लाससंगै उमङ्गको जाल बनोस
अब आउने नयाँ बर्ष समृद्धिको साल बनोस

एकातिर विस्तारवादले देशको सिमा मिचिँदैछ
जातियताको नारा उढाई सुन्दर नेपाल टुक्रिदैछ
विखण्डनको खाडल हैन एकताको ताल बनोस
अब आउने नयाँ बर्ष समृद्धिको साल बनोस ।।१।।

तिमीप्रति

  • by

पोखौँ त कसरी पोखौँ
तिमीलाई मनको बह मनभित्र
यति धेरै उकुश मुकुशहरू
भरिएर रहेका छन्
कतै बाहिर निकाली दिँदा
छताछुल्ल भएर
पोखिएला कि भन्ने डर छ !

होसियार !

  • by

सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछि
आँखाले गलत देख्दो रहेछ
मुखले गलत बक्दोरहेछ
नाकले गलत सुँघ्दोरहेछ
यहाँसम्म कि कानले समेत गलत सुन्दोरहेछ
र त म जसलाई झुकेर सम्मान गर्थेँ
उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ,

बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू

तिमीसम्म आउनलाई, धेरै छन् बार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।

अबरोध छन् जता-ततै, बाधा सँग लडिराछु
बाधाहरू पर गर्दै, तिमी तिरै बढिराछु ।।
पाईला टेक्ने बाटामा छन्, तलवारका धार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।

म भात जोडेर बसुँ कि कबिता लेखुँ ?

अस्ति न अस्ति एउटा कविता लेख्या थिएँ,
साझामा छाप्या थिएँ
फेसबुकमा पोस्टया थिएँ

एउटा कमेन्ट आयो
४२० भोल्टको करेन्ट आयो
कविता कस्तो “स्याड” रे …
ठिकै थियो “नट ब्याड” रे …

अहिलेको समय

  • by

अन्तिम लागेको छ मलाई
स्पर्शहरू, न्यानाहरू, प्रेमहरू
अन्तिम मोडहरूबाट
हात हल्लाए सरी
विलीन हुदैछन आफनो गन्तव्यमा
भोलि फर्किदैनन् कि भनी
एउटा अन्तिम आशँका
घर वनेको छ
अचेल !

मेरो अनुरोध

  • by

साँईला तिमी कहिले नरुनु ल
आँखाबाट आँशु
ए हैन हैन
मोतीका दाना नझार्नु है
किन थाहा छ?
किनकि आँशु खस्दा
मोती झर्दा
सम्पन्नता पनि त खस्किन्छ
के तिमी विपन्नतामा बाँच्न सक्छौ र?

हेर शहिद परिवार रोइरहेछ

चारैतिर खुसीयाली र उमङ छाउँदा
गाउ शहर चारैतिर दसैं गीत गाउँदा
सबै परिवार मिलेर दसैं मनाउन नपाउँदा
हेर शहिद परिवार रोइरहेछ ।।१।।