कति गर्छौ ए, नेताहरु,
लुछाचुँडी सत्ताको लागि ।।
आफ्ना कार्यकर्ताहरु पोस्न,
तलब र भत्ताको लागि ।।
यहाँ जनता नाङ्गीएका छन्,
बनाएका पुल बाङ्गीएका छन् ।।
नेता हो, तिम्रै कारणले……
एउटा निर्दोष व्यक्ति सजाय भोग्छ,
अपराध गरेको छैन विचरा ।।
भ्रष्ट्रचारी भन्दै आरोप लगाइन्छ,
भ्रष्ट्रचारी उ हैन विचरा ।।
उन्मुक्त भइहाल्छन् दोषी यहाँ,
निर्दोषको रगत सोसी यहाँ ।।
नेता हो, तिम्रै कारणले……
अन्धकार छ चारै चौरास,
जलस्रोतको धनी देशमा ।।
एउटा सच्चा नेता आउँदैन,
जनताको बनी देशमा ।।
सराप्नेछन् नदीनालाहरुले,
भोलि जन्मने बालाहरुले ।।
नेता हो, तिम्रै कारणले……
विनोद विवश
कुश्मीसेरा १, बागलुङ