Skip to content


हाँस्न थालेको छु विवशतामा
जिउन थालेको छु बाध्यतामा
जीवन जिउँदो लास भए नि
रमाउन थालेको छु आर्यघाटमा ।

सारा संसार विरानो भएछ
आफ्नै छायाँ पराइ भएछ
रुन छाडेको छु एक्लै रातमा
आँखामा आँसु नै रित्तिसकेछ ।

टुटेका सपना जोड्दिन अब
तिम्रो विछोडमा जल्दिन अब
एक्लै रमाउन थालेको छु अचेल
तिम्रो साथको कल्पना गर्दिन अब ।

झुटो कसममा विश्वास गरेँछु
तिम्रो सपनामा आफ्नो जीवन देखेँछु
फेरि अब लालसैलालसामा मर्दिन म
जीवनमा धेरै मृत्यु पहिल्यै मरिसकेकीछु ।

मस्को कलेज, कुपण्डोल

मधुपर्क २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *