लुटिएको रातो गुराँस
सीमापारि
एउटा सिपाहीले कुन्दाले किचेर
अराष्ट्रिय फूल घोषित गर्यो
पत्र-पत्र चुटेर
सीमावर्ती वस्तीभरि फ्याँक्यो
र भन्यो
“पुष्पवर्षा गरेका छौं”
त्यो ज्ञान भएर पनि
निरीह बनेको छ सरकार
नागरिक
एउटा भीडको सर्वनाम बनेको छ
चिहान खनिएको छ अघोषित
जसको नाम दिइएको छ
‘मुक्तिशाला !’
रुयाले-३ काभ्रे
युवामञ्च २०६८ पुस
