नतर्साऊ जति तर्साउनुथ्यो तर्साई सक्यौ
भो अब कष्ट नगर
तिम्रा ती प्रयासहरु अधुरा अपुरा रहन्छन
अस्ताएको घाम झै
ओईलिएको फूल झैँ
पानी सुकेको खोला झै
अनि फूकी रहन्छौ ढुङ्ग्रा
हे निलो आकाश तेरो पापमा परी उसले
आफ्नो मुटुलाई लुकाउदा
म तेरो जिउँदो लासमा टुलुटुलु हेरिरहेको थिए
तेरै त्यो पापी नजरलाई गिज्याइरहेको थिए
तैले कति कठोर मुद्रामा उसको हाँसो खोस्ने कोसिस गरिस्
सपनालाई तामेलीमा राखेर
रहरहरू फुलाउन चाहन्थे
जिजीविषा थियो ऐशले बाँच्ने
मृगतृष्णा थियो सुन्दर जीवन जिउने
तर आज मैले रहरहरूको दाग बत्ती दिए
सपनाहरूले आत्मा हत्या गरे पछि,
जिजीविषाको गला रेटेर
आज म हत्यारो भएको छु