Skip to content


सपना त्यो उद्यानको भमरा बन्ने
त्यसैसरी मायामा रम्ने
तर निर्जन गगन पो रहेछु
धर्तीसँग मिलनो कल्पना गर्ने
मन हुन्छ फरक सबैको, बुझिन मैले
आफ्नै संसारलाई काखी च्याप्दै डुलिरहे जैले
सोच्दै नसोची कुवामा हामफालेछु
पौडन नसकेर आफ्नै वजनको सामना गरिरहेछु ।
प्रेमको साटो अस्वीकार सहनुपर्‍यो उनीबाट
लोभै नगरी सबै प्रेम खन्याएछु आफूभित्रबाट
रित्तियो सबै चीज, खाली हाड छाला बाँकी
अब के दिन सक्छु र ? जीवन जिउँदो लास बनेपछि
प्राणभन्दा प्यारो मानेर के गर्नु उनलाई
नचाहेर पनि गुमाउन परेको छ जसलाई
प्रेम गर्छु झै म, मरुस्थल बने पनि
मनमा हिननाबोधको आगो दन्के पनि

-सिरहा
हालः बूढानीलकण्ठ उमावि
नारायणथान, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *