बागमतीछेउ
बालुवा निकाल्दै सोधिन्-
बुबा ! किन बालुवा बाहिर फ्याँकेको ?
बालुवाको थुप्रो चलाउँदै
बुबाले बतायो-
नानु ! यसरी बालुवा बाहिर फ्याँकदा
बुझ्यौँ ! बालुवासँगै माछा निस्कन्छ,
भरेलाई तरकारी ।
बिष्णुमतीछेउ
बालुला ओसार्दै गर्दा
छोराले आमालाई सोध्यो-
आमा ! किन बालुवा शहर लगेको ?
बालुवाको पोका घिसार्दै
आमाले बताइन्-
बाबु ! यसरी बालुवा शहर लैँजादा
बुझ्यौं ! शहरमा चामल साट्छन् बालुवासँग,
भरेलाई खाना ।
साँझ पर्दै गर्दा
बूढाबूढीको झुप्रोमा
बुबा आमा पर्खेर
रमाउदैथें केटाकेटी-
माछी मार न हे दाइ……
भरेलाई तरकारी
माछी मार न …….।
विजयखर्च-८, खोटाङ
