Skip to content

विविध-विधा

गित आफैँले गाउनुछ

गित आफैँले गाउनुछ
झण्डा आफैँले फहराउनुछ ।१

किन उसको भर पर्छौ
परिवर्तन आफैँले ल्याउनुछ ।२

किन उसलाई पर्खी बस्छौ
छानो आफैँले छाउनुछ ।३

किन उसको साथ खोज्छौ
शत्रु आफैँले छप्काउनुछ ।४

शङ्का गर नाना थरी (मुक्तक)

शङ्का गर नाना थरी, निहुँ खोजिराख
मेरै बात सम्झिराख, मैलाई सोचिराख
नआओस त्यो औँशी, अब मेरो आगँनीमा
एक अञ्जुलि जुन छाउने, रात खोजिराख ।

RameshKandel

झरेर पात शिशिर पार गर्छ

झरेर पात शिशिर पार गर्छ, कलिला पालुवा पलाउन
भावनामा चुर्लुम्म आफैँ डुब्नु पर्छ, हजुर कलमलाई चलाउन

नशामा डुब्नेहरू अमृत सम्झी, पिउछौ सडाएको अन्न
मनुष्य जन्म यसै होइन तिम्रो, व्यर्थै ज्यान थलाउन

केहि हाइकुहरु

१
सुन्दर फुल
ओइल्याइ झेरेछ
रोयो भमरा ।

२
आँखा उघार
तिम्रो प्रतिक्षामा छु
तिम्रो समुने ।

३
बेदना मेरो
बुझ्ने तिमी नै थियौ
छोडेर गयौ ।

४
हरायौ कतै
यता उता डुल्दैछु
तिम्रै खोजिमा ।

तीन मुक्तक

तीन मुक्तक

भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर

अधिकारीवादी कर्तव्य भुले
सिउँडी पूmलझैं नेता फुले
पदका लोभी भएर होला
गल्ली पिच्छे पार्टी खुले
१
जनता ठगी गर्न ऐश
नेता आए बुद्धको भेष
चलखेल चलाउँदै
भद्रगोल बनाए देश
२
दुई दुनी चार, चार दुनी आठ
भ्रष्टाचार गर्नु हुन्न नेताको पाठ
भ्रष्टाचार नहुने भए, हाम्रा नेताको
हेर, वर्ष दिनमा यिनको ठाँट

के विश्वास

पिडा नै छ भित्र चाई बाहिर रुन्चे हास्दा पनि
विश्वास हुन्न गर्छु भन्दै फेरी अब बास्दा पनि

को बोल्ने र तिनी संग जाने पनि देखे पनि
गोद्छु भन्दै बोटका सबै हाँगाहरु लास्दा पनि

दिने आफै खाने आफै बोल्ने कुरा अर्कै हुन्छ
खुसिनै छन् देश बेची साइनो गाडा गास्दा पनि

निमुखा ति मात्र रहिछन कानुन लाग्ने यो देशमा
टिक्ने रहिछन तिनेरु चाई खोल अर्कै टास्दा पनि

कान्छाको पीडा

उसको माया अन्तैतिर सारी दिने कुरा गर्यौ
जबरजस्ती सप्तकोशी तारी दिने कुरा गर्यौ

आफै मात्र बोलिराखो बोलेनन् त्यहाँ कोही अरु
अरु बोल्दा बंगारा नै झारी दिने कुरा गर्यौ

स्वतन्त्रता, समानता र भाइचारा

  • by

स्वतन्त्रता, समानता र भाइचारा छैनन् अब
सम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब

सतसङ्गले डाँडो काट्यो पापाचार भो जताततै
हेँला भए सन्त बाणी अमृत धारा छैनन् अब

३ हाईकु

१)खुकुरि भन्दा
कर्द धारिलो देखेँ
यस्तो नि हुन्छ ?

२)रात कालो कि?
नियत कालो थियो
मैले बुझिन ।

३)सुर्यास्त पछि
भ्यागुता कराएको
कि नेता पो हो?

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक
हाल- मरुभुमिको छाति बाट

केही हाइकु

प्यास मनको
बगरको छ बाटो
एक्लो म यात्री
१
कालो त्यो छिद्र
सलबलाएको छ
गोमन सर्प
२
हाम्रो संस्कार
निमन्त्रणा भोजको
ढोकामा ताल्चा
३
शान्ति सन्देश
पृथ्वी नै हल्लाउने
वमको त्रास
४
देश गरिब
अनौठो नीति
नेता अमिर
५

विरह र बेदनाले भरिएको छ कथा सुस्ताको

विरह र बेदनाले भरिएको छ कथा सुस्ताको
बुझिदिने कोही छैनन् कठै व्यथा सुस्ताको ।

सुस्ता हाम्रै देशको हो, किन टुलुटुलु हेरी बस्छौ
लौन कसैले बचाउ, लुटिदै छ जायजेथा सुस्ताको ।

कसम

हजारौं पीडा सहेर तिम्रो एक मुस्कानसंगै हाँसेको छु
हरपल हरक्षण चोट सहेर तिम्रै लागि बाँचेको छु
कहिले नछुट्टिने कसम वाचा गरेकी थियौ पहिले
मेरो चोखो माया केवल तिम्रै लागि साँचेको छु

म भोक रोग ओढेर शोक

-१-
म भोक रोग ओढेर शोक पचाउने देशकी मान्छे
आफू मरेर देश बेच्नेलाई बचाउने देशकी मान्छे
मेरो परिचय न खोज म आवेशमा आउन सक्छु
आफू अग्लिन अनेक लीला रचाउने देशकी मान्छे

सम्बन्ध

कति सम्बन्ध बनेर पनि भत्किने पीर हुन्छ
सम्बन्ध फेरि कुनै बेला बिझाउने झीर हुन्छ
न दुखाउने,न दुख्ने गरी साथसाथ भैरहन त
भेट्नुअघि सायद कतै लेखिएको तक्दीर हुन्छ