Skip to content

सपनाहरू सबैको पूरा हुदैन


सपनाहरू सबैको पूरा हुदैन
हुनु नै पर्छ यस्तो कुरा हुदैन

पीडितनै दोषी कस्तो न्याय
काटिने खर्भुजा नै छुरा हुदैन

अचम्म छ है संस्कार अरे!
पति मरे हात्मा चुरा हुदैन

सबैको माग पूरा गर्ने भने
राष्ट्र त के डँडेल-धुरा हुदैन

धेरै दुखिरहेछ नेपाल आमा
फर्क बुद्ध जनता टुहुरा हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *