प्रेम यौटा नाटक रै’छ सायद भावना ‘सायरी’ गजल by gorkhesailoMay 24, 20104 Comments प्रभातिय किरणमा मुहार रङ्ने लाली पाएँ छातीभित्र छाल उठ्दा मुस्कुराउने माली पाएँ । दुवै शरिर एकै समान प्रेम – सागर भित्र मायारुपी चुम्बनबाट मुस्कानको ताली पाएँ ।
कुलेखानीको सय वर्ष बसन्त कुमार श्रेष्ठ'क्षितिज' गजल by kshitij shresthaMay 24, 20101 Commentयो देशमा बिजुली निकालिएको, आज सय वर्ष पार भो । सधै सधै आधा दिन बत्ती जान्छ, नेपालीलाई मार भो ।।
नबोलेरै टाढा भयो हात तान्दै पराइको !! देश लामा गजल by rajlamaMay 23, 2010नबोलेरै टाढा भयो हात तान्दै पराइको !! लत्याई मेरो माया मिठो मान्दै पराइको !! मेरो भन्दा उसकै मुहार,सुन्दर लाग्यो रे ! घृणा गारेर मलाई राम्रो,भान्दै पराइको !!
मैले गर्दा उस्को आस्था ढल्यो अरे साथी जगत राम बर्देवा घायल गजल by kbsMay 23, 2010मलाई देख्दा उस्को मुटु जल्यो अरे साथी मैले गर्दा उस्को आस्था ढल्यो अरे साथी ॥ जीवन भरी नुछुट्टिने मित्रताको नाता पनि चैत्र मासको हुरी बनि चल्यो अरे साथी ॥
मारामारी भयो सधैं अनि बुद्ध सोधें तीर्थ (यात्री) पौडेल गजल by kbsMay 23, 2010कहिले सोधें शान्ति मैले कहिले युद्ध सोधें मारामारी भयो सधैं अनि बुद्ध सोधें, कति मरे निसान लगाई बुद्ध तिम्रै चेलाहरू निर्ममता साथ मान्छे मर्ने को हो क्रुद्ध सोधें,
परेली ले छोपें मायालु तिमीलाई !! देश लामा गजल by rajlamaMay 23, 2010परेलीले छोपें मायालु तिमीलाई !! कलेजीमा खोपें मायालु तिमीलाई !! मुटुको साथमा मुटुसँगै जोडी सँधै ! यो छातीले छोपें मायालु तिमीलाई !! मेरो सासमा मेरो अंग अंगमा राखी ! यो रगतमा चोपें मायालु तिमीलाई !!
कहाँ छ ? आयुष चौधरी “सम्मोहन” गजल http://www.sahityabatika.blogspot.com/ by SammohanMay 23, 2010दूरदराजका गाँउघरमा विकास कहाँ छ ? भाषण हडताल वार्ता तर निकास कहाँ छ ? भन्न त भन्छौ नी शान्ति र संविधान एक आपसमा मेलमिलापको आभाष कहाँ छ ?
छाती मुटु छाडेर अन्तै मन चर्न थालेको छ !! देश लामा गजल by rajlamaMay 22, 2010छाती मुटु छाडेर अन्तै मन चर्न थालेको छ !! खोज्दै निहुँ मलाई दीग दर पर्न थालेको छ !! प्रिय तिम्रो ख्याल राख्छ, हरपल यो मनले ! मलाई भन्दा धेरैमाया तिम्लाई गर्न थालेको छ !!
हुन सकिन बसन्त कुमार श्रेष्ठ'क्षितिज' गजल by kshitij shresthaMay 22, 2010मन्दिरमा सजाउनका लागि म फूल हुन सकिन । दोबाटोको सुचनावाचक म तुल हुन सकिन ।।
कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी सुनिता चुदाली गजल by gorkhesailoMay 22, 2010कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी आफ्नो बाटो आफैँ मोड्न सक्नुपर्छ नारी । तेरो मेरो उसको त्यसको नभनेर आजै कुरा काट्ने प्रवृति नै छोड्न सक्नुपर्छ नारी ।
जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि । आर पी श्रमिक गजल by kbsMay 21, 2010बादलभित्र लुक्छ घाम उजेली त्यो दिनमा पनि जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि । बाँडिसकें जीवन अखिर छाँयाभित्र लुक्न खोज्छु छाँया पनि नभेटिने औंसीको त्यो रातमा पनि ।
गिर्दैछु म कतारमा जगत राम बर्देवा घायल गजल by kbsMay 20, 2010बिना गल्ती जरिवाना तिर्दैछु म कतारमा किन असल मनबाट गिर्दैछु म कतारमा ॥ हजार ठक्कर खाए पनि हरेस नखाई रत्तिभरि अन्धकार जिन्दगीको चिर्दैछु म कतारमा ॥ फेरि पनि साहित्यको चौतारीलाई पछ्याउन नवोदितको नयाँ बिचार भिर्दैछु म कतारमा ॥
आँसुका धाराहरुले मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleMay 20, 2010आँसुका धाराहरुले मेरो जीवन खाटो भयो न बोल्ने न सुन्ने कानो अनी लाटो भयो
संघर्षको अंगालोमा, बाँची राख जिन्दगी !! देश लामा गजल by rajlamaMay 19, 2010संघर्षको अंगालोमा, बाँची राख जिन्दगी !! सुख-दुःख यस्तैरहेछा, हाँसी राख जिन्दगी !! सृजनाको चौतारीमा, असन्तुष्टि थुप्र्याएर ! अतृप्तताको छहारीमा, बासी राख जिन्दगी !!
गोठालामा सगै जाने सानी तीर्थ (यात्री) पौडेल गजल by kbsMay 19, 20101 Commentघाँस दाउरा गोठालामा सगै जाने सानी भोक लाग्दा खानलाई सातु लाने सानी,
आज मन दुख्न थाल्यो तीर्थ (यात्री) पौडेल गजल by kbsMay 19, 2010आफ्नाहरूकै तीरले आज मन दुख्न थाल्यो थिलोथिलो भइकन तन दुख्न थाल्यो, बाँच्नसम्म बाँचेको थिए ऋण खाई बिदेशमा आज के भो के भो फेरि रन दुख्न थाल्यो,
मारेर इछ्या, बाँच्नु कसरी ? आचार्य प्रभा गजल by kbsMay 18, 20101 Commentमारेर इछ्या, बाँच्नु कसरी ? झारेर आसुँ, हाँस्नु कसरी ? झरेको फूल, मैले टिपेर उस्लाइ भनि, गाँस्नु कसरी ?
अलि कति ओठको रस बिबश रेग्मी गजल Own Creation by Bibas RegmiMay 18, 2010अलि कति ओठको रस पिलाई देउ न काली यो मन मेरो फाटेको छ सिलाई देउ न काली कैले काँही अरु ले नै प्रेम प्रस्ताब राख्न फेरी मेरो माया छ है भनि बिलाई देउन काली
“प्यालामा नशा लिएर हाँसेकी छु” मिना बान्तवा गजल by minabantawaMay 16, 2010प्यालामा नशा लिएर हाँसेकी छु | आँसुका घुट्का पिएर हाँसेकी छु | दिनमा हो कि रातमा हिंड्दैछु म कसरी खोइ जिएर हाँसेकी छु ।। चु्न्दिंन स्वर्ग जिउँदो लास हुँ म सबै नै खुसी दिएर हाँसेकी छु ||
शान्ति जित्न युद्धमा बुद्ध पनि खटायौ रे भूपेन्द्र महत गजल by kbsMay 15, 2010शान्ति जित्न युद्धमा बुद्ध पनि खटायौ रे सुन्छु फेरि नचिनी शान्ति डाँडो कटायौ रे उस्तै रंग, नचिन्नेलाई जे अर्थ लाए नि खोइ के भो चिनी हो भनि नुन चटायौ रे