Skip to content

“प्यालामा नशा लिएर हाँसेकी छु”

प्यालामा नशा लिएर हाँसेकी छु |
आँसुका घुट्का पिएर हाँसेकी छु |

दिनमा हो कि रातमा हिंड्दैछु म
कसरी खोइ जिएर हाँसेकी छु ।।

चु्न्दिंन स्वर्ग जिउँदो लास हुँ म
सबै नै खुसी दिएर हाँसेकी छु ||

गलेको मुटु सडेर चिथरा भो
त्यस्लाई पनि सिएर हाँसेकी छु ||

आगोको कोल्मा हालेको फलाम झैं
खग्राख पाप्रो खिएर हाँसेकी छु ||

मिना बान्तवा “मृदु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *