आफ्नाहरूकै तीरले आज मन दुख्न थाल्यो
थिलोथिलो भइकन तन दुख्न थाल्यो,
बाँच्नसम्म बाँचेको थिए ऋण खाई बिदेशमा
आज के भो के भो फेरि रन दुख्न थाल्यो,
हत्या हिंसा बलात्कार र अत्याचार बढी
नेपाल आमा भन्छिन, बाबु झन दुख्न थाल्यो,
हरिया ती डाँडाकाँडा नेपालीको धन
सखाप भई बोटबिरुवा वन दुख्न थाल्यो,
शान्ति क्षेत्र नेपालमा शान्ति कहीं छैन
हेर्दा हेर्दै नेपालीका नयन दुख्न थाल्यो,
तीर्थ (यात्री) पौडेल
लखनपुर ३, झापा, नेपाल,
हाल;बहराइन
