Skip to content

जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि ।

  • by


बादलभित्र लुक्छ घाम उजेली त्यो दिनमा पनि
जुनकिरी नै साथ हुन्छ अँघेरी त्यो रातमा पनि ।

बाँडिसकें जीवन अखिर छाँयाभित्र लुक्न खोज्छु
छाँया पनि नभेटिने औंसीको त्यो रातमा पनि ।

दुई-तीन रातको बसाईमा मान्छे बन्न सकिन म
मान्छे-मान्छे भेट हुने धर्तीको यो साथमा पनि ।

अतीतको आँगनीमा बिउँझाउँछ मन किन
अमृत नै देख्छु किन बिषालु त्यो जातमा पनि ।

आँखा चिम्ली बाँच्न चाहे अँधेरीले पछ्याउँछ
सपनीले जिस्काउँछ छाड्दैन त्यो रातमा पनि ।
जुनकिरी नै साथ हुन्छ अँधेरी त्यो रातमा पनि ॥

आर पी श्रमिक

जििलङ् ९ नलगाउँ शुक्रटोल नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *