Skip to content

विविध-विधा

नविन बर्ष झुल्कियो

हर्षले छायो, मनमा हेर, बिहानी आएर
उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर।

नविन बर्ष, झुल्कियो अब, लिएर सुखद
सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।

बरु काली भन कृपया मलाई जाली नभन

बरु काली भन कृपया मलाई जाली नभन,
म त तिम्रै घरवाली हुँ,मलाई साली नभन।

सम्मोहनका मधुमासमा मदहोस सुवासिनी,
म त हजुरकै फुलबारी हुँ,मलाई माली नभन।।

कति पुज्छौ जुन सानी

कति पुज्छौ जुन सानी, अरुहरूले टेकिसके,
घरधन्दामा तिमी भुल्दा, सबले संसार छेकिसके,

खेलौना झैँ सोची आफै, रमाउछौ घर-संसारमा
कोहीले चुमे सगरमाथा, कोहीले तक्मा ठोकिसके,

बाचेकै छु

मैले जिवन त्यसै फालिनै दिएको थिये
कसैले निहुरेर टिप्ने प्रयास सम्म गरेन्
पैतला मुनि न परेर बाची रहेको थिये
कसैले लात्ताले र्हिकाउन पनि सकेन्

तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ

मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ,
सम्झनाका अमुल्य उपहारहरू, बर्षाको बेस्वादे बिमिरो भएछ।

समय सँग चल्न जानिन कोही कसैलाई छल्न जानिन,
त्यसैले मायाका ब्यापारीहरू, तिम्रो दिलको हिरो भएछ।

२०६६ ले मेरो खुशी लुटेर गयो

  • by

२०६६ ले मेरो खुशी लुटेर गयो
मरे ऐया भन्दा पनि थिल्थिलो पारी कुटेर गयो ।।

६६ मै फूलाएथें सुन्दर फूल पिरतीको
सुनामीको छालसँगै हाँगाबाट छुटेर गयो ।।

कसैसँग चोखो मायाँ पाएँ भन्दै रमाएथेँ
कर्कलाको पानी रैछ पल भरीमा फुटेर गयो ।।

“मलाई सुत्नु छ”

हरेक रात मेरो आँखा मात्र सुत्छ, हरेक दिन मेरो आँखाले हेर्छ मात्र, म अनिदो छु, म थाकेको छु, सुत्न मन लागिरहेकोछ,, मेरो कान,आँखा,मस्तिक्ष सबै सुतोस ,,,यस्तो निन्द्रामा डुब्न मन छ,,ll त्यसपछिको बिहानीले

सीताहरुको खडेरी छ

सीताहरुको खडेरी छ, जानकीको देशमा हजुर
रावणहरू आउँछन् हर्न, रामचन्द्रको भेषमा हजुर,

द्रौपदीको बिगबिगी छ गाउँ शहर बजारमा
सत्य नष्ट गर्न खोज्छन जालन्धरको फेशमा हजुर,