अन्धकार फाली आऊ दिलको बत्ती बाली
नव नेपालको स्वागतमा बजाउँदै ताली
दुःख दर्द सबै बिर्सी उज्यालोको खोजी गर्न
अधरलाई उठाउँदै बोकी हिँडौं ओठमा लाली
समता र सद्भावको टाकुरीमा पुग्नलाई
तर्दै जाऔं सयौं खोला नारायणी र काली
फूल-फूलाउन फल-फलाउन दुःख कष्ट सङ्गै
आफैं बनौं फूल रक्षक फूलबारीको माली
नवीन देशको खाका कोर्न सबै-सबै लागौं
मक्किएको थोत्रा-थात्री नियमलाई ढाली
-चोरमारा, नवलपरासी
हालः काठमाडौं
