Skip to content


आऊ आऊ आऊ तिमी उचालेर पाउ
फैल्याएर हातहरू डाक्छु आऊ आऊ ।
मनभरि कुराहरू बिझाउन थाले
भन्छन् सबै बाबु अब औषधि गराऊ ।
बुझ्न खोज्छु तिम्रो मन मैले जाने जति
नखेल्नु नि तिमीले त जाने जति दाउ ।
जसले पनि सोध्न थाले औंला ठड्याएर
को हो तेरो मन चोर्ने पाठो हो कि माउ ।
जताततै हृदयमा बढ्यो खबर्दारी
त्यो निष्ठुरी बुझाइको घट्न थाल्यो भाउ ।

सेर्ना ३, ओखलढुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *