Skip to content

विश्लेषण/समालोचना

हेर्दा हेर्दै (मधुपर्क २०६८ पुस)

  • by

मातृवात्सल्यका दृष्टिले स्तनपान गराइरहेकी आमासँग बालकले ममतावोध नगरेर यौनसुख देख्यो भने के हुन्छ ?

वीपीको प्रेरणाबाट समालोचक बनेको स्रष्टा

  • by

केही वर्षअघि निजीक्षेत्रको एक ‘प्लस टु कलेज’ ले ठूलै उत्साहका साथ उहाँलाई प्रमुखको रूपमा भित्र्याएथ्यो तर सम्झौता अवधिभित्रै ‘सेतो हात्तीलाई पाल्नै गाह्रो भयो’ भन्दै हटाएपछि त्यो अन्यायपूर्ण कार्यको विरुद्धमा यहाँ हुँदा मात्रै नभई अमेरिका पुगेर पनि उहाँले धेरै पत्रपत्रिकाहरूमा लेखहरू लेख्नुभयो ।

नेपाली सङ्गीतको व्यावसायीकरणको नायक

  • by

म सानो छदाँ धेरथोर सङ्गीत त सुन्थेँ तर त्यति धेरै रूचि भने थिएन । यसो टाइमपास तथा रमाइलोका लागि मात्र सुनिन्थ्यो, त्यसमा पनि नेपाली गीत त असाध्यै कम सुन्थेँ ।

जताततै मातृभूमिको खोज

  • by

उहाँकै ससुराली घरको सानो कोठामा शिवप्रकाशको जीवनका अन्तरङ्ग प्रकाशहरू खोतल्दै थिएँ । आफ्नो विगत बताइरहँदा उहाँ एकाएक बोल्न छोड्नुभयो ।

‘महानायकको सपना’ को सार्थक कामना

  • by

मैले वि.सं. २०४८ मा नेपालका तीन महामानव भनेर ‘वरगाही’ पत्रिकाको पूर्णाङ्क नौमा बुद्ध, बीपी र देवकोटाका तस्बिरहरू आवरणपृष्ठमा छापेर सम्मान प्रकट गर्दा कुनै अज्ञानीले ‘यिनीहरूलाई किन महामानव भनिस्’ भनेर मेरो धतुरो झारेका थिए ।

नेपाली हीन व्याकरणी विद्यापति

  • by

नेपाली पद्य साहित्यको उन्नयन तथा विकासको प्र्रश्नबारे यो भन्न सकिन्छ कि पृथ्वीनारायण शाहको समय अर्थात् विक्रमीय १७ औँ शताब्दीमै नेपाली काव्य साहित्यको पूर्णरूपमा विकास भैसकेको थियो ।

संबिधान र शान्ति

संबिधानले शान्तिलाई लेखेको पत्रको एक अंश ः–

प्रिय शान्ति !

म तिम्रो उही संबिधान हुँ । चिन्यौ हैन ! तिम्रो बियोगमा म धेरै रोएँ । सायद तिमी पनि रोयौ होला, धेरै छट्पटायौ होला ? अझ म कति तड्पे हुँला ! तिमी अनुमान लगाउन पनि सक्दिनौ ।

होली र रङ्ग

धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूणिर्माको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होलीले पूणिर्माको भोलिपल्ट तराइका २१ जिल्लामा धुमधामको रुप लिन्छ भने पहाडका ५४ जिल्लामा पूणिर्माका दिन धुमधामको रुप लिन्छ । जसरी होलीको बेला मोजमस्ती गरिन्छ । नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट, यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभिन्न हिस्सा हो ।

“हामी नेपाली हाम्रो एक सिंगो नेपाल”

अब संघियता भन्ने सब्द हटाएर हाम्रा कमरेडहरुले पनि जन संघर्षमा जाँदा यसरी बदलेर एक ‘वार्गिय संघर्षता’ नाम दिनु पर्यो र नेपालमा कुन सुटेड हुन्छ सुष्म तरिकाले हेर्नु पर्यो तर यहाँ ता उल्टो पो भै रहेछ झन् छुट्ने फुट्ने अरुले फाइदा लिने काम भै देश टुक्डा हुन् लागेको छ,

देशको अन्तिम खतरा आवस्थामा पुगेको छ यो खतरा बाट बचाउनु छ भने मेरो आग्रह छ सबैले सबै तर्फ बाट रोक्नु पर्यो, खबरदारी गर्नु पर्यो “हामी नेपाली हाम्रो एक सिंगो नेपाल”

DurgaKharel

सङ्क्रमणकाल

  • by

सङ्क्रमणकाल यस्तो सन्धिक्षण हो जसमा नयाँ आउने परिवर्तनको आशा हुन्छ र पुरानो व्यवस्था अन्त्यको पर्खाइमा हुन्छ । यो प्रसव पीडाजस्तो हो जसमा केही नयाँ कुरा प्राप्तिको आशाका साथै पीडा पनि हुन्छ । नयाँ कुरा प्राप्तिको कल्पनाले मन पुलकित हुनु यसको एउटा पाटो हो भने. पुरानो व्यवस्था फाल्दाको अप्ठेरो परिस्थिति अर्को पाटो हो । यो एक किसिमको द्वन्द हो जुन सङ्क्रमणकालग्रस्त हरेकले भोगिरहेको छ ।

20111229_NandaLalAcharya_Lekh-01

कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’ ः एक विश्लेषण

  • by

अ. कवि परिचय ः

साहित्यकार समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । त्यस्तै कविता, कथा र निबन्ध विधामा राम्रो पकड गरेर समाजलाई ऋणी बनाउने बाटोमा निरन्तर लागिपरेका साहित्यकारको नाम हो– मातृका पोखरेल । वि. सं. २०२३ साल असार ९ गते (१९६६ जून २३ सन्) उदयपुर जिल्लाको दुर्गम ठाउँ ठानागाउँ गाविस वडा न–९ मा जन्मेका र हाल काठमाण्डौलाई कर्म थलो बनाउँर्दै आएका साहित्यकार पोखरेल कक्षा आठमा पढ्दै गर्दाको कलिलै उमेरमा नै ‘भानुभक्तको सम्झनामा’ शीर्षकको छन्दोबद्ध कविता लेखेर साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन्

कुरा धर्म र ओशोको

आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिँदैन,
धन–पद जति जोड तृष्णा कहिल्यै मेटिँदैन ।

धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आ–आफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् । त्यस्तै हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएक थरी धर्म अङ्गालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौं ।

सम्झनामा रिमाल

  • by

पत्रकार एवं साहित्यकार स्व वासु रिमाल ‘यात्री’ आफ्ना लेख, निबन्ध, समालोचना, कविता एवं दार्शनिक चिन्तनका कारण नेपाली साहित्यमा परििचत छन् ।

स-साना पृथक् धारका रचना

  • by

मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् ।

श्रीमद्भागवतामृत

  • by

श्रीमद्भागवतामृत -नेपाली पद्यानुवाद लामो समयदेखि आध्यात्मिक क्षेत्रमा कलम चलाउँदै आएका फणिनारायण सिग्देलको नवीनतम कृतिको नाम हो ।