Skip to content

विश्लेषण/समालोचना

भूपिको रचनाको सङ्क्षिप्त विचरण

  • by

आधुनिक नेपाली काव्यजगत्का सर्वाधिक लोकप्रिय कवि भूपि शेरचनको कृतित्वको विषयमा तयार पारिएको कृति हो ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ । यसका कृतिकार हुन् सुकुम शर्मा ।

नारी विद्रोहका कविताहरू

  • by

साहित्यमा सहलेखन तथा संयुक्त सङ्ग्रह प्रकाशन धेरै अघिदेखि हुँदै आएको छ र अहिले पनि विभिन्न विधाका पुस्तकहरू प्रकाशन भैरहेका छन् ।

चम्पारन ब्लुजः जीवनको भाष्य प्रस्तुत निबन्धहरू

  • by

रोशन शेरचनको संवेदनशील हृदयमा अटेसमटेस प्रौढ अनुभूतिका पत्रहरू छन् । तिनी यिनै अनुभूतिको अभिव्यक्तिको जोखिम मोल्न तत्पर युवा स्रष्टा हुन् ।

गजलमा लोकतान्त्रिक चेतना

  • by

साहित्यका चार विधामध्ये गजल सबभन्दा पुरानो विधा कविताअन्तर्गत पर्छ । नेपाली साहित्यमा गजलको सुरुआत माध्यमिक कालबाट नै सुरु भएको हो र यसको सुरुआत गरेका हुन्- मोतीराम भट्टले ।

अन्तर्वार्ताहरुको सँगालो

  • by

डा. लक्ष्मणप्रसाद गौतमको सम्पादनमा देखापरेको ‘सनत रेग्मी ः सिर्जनसंवाद’ अन्तर्वार्तासङ्ग्रहको क्षेत्रमा एउटा गहकिलो कदम हो ।

गजल सिद्धान्त र विवेचनाको कृति

  • by

घनेन्द्र ओझा पछिल्लो समयमा बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित देखिन्छन् । उनले विभिन्न पत्रपत्रिकाको सम्पादन पनि गरेका छन् ।

अनुपम र अभिनव महाकाव्य

  • by

वर्तमान समय-सन्दर्भमा नेपालको राजतन्त्र इतिहासको विषय बनिसकेको छ । यो हिजो थियो तर आज छैन । यही इतिहाससम्बद्ध विषयहरू प्रस्तुत गर्दा असम्बद्ध र अर्थहीन कुराहरूबाट टाढा रही वास्तविक यथार्थको ज्ञान दिने र यसका माध्यमबाट सम्बद्ध विषयवस्तुको तत्त्वबोध गराउने आफ्नै किसिमको सत्प्रयास कवि नीलकण्ठ भट्टराईले प्रस्तुत पुस्तक ‘शाह-शृङ्खला’मा गरिएको पाइन्छ ।

नेपाली समालोचनाको उल्लेख्य कृति

  • by

नेपाली समालोचनामा नेत्र एटम सुपरिचित नाम हो । पचासको दशकदेखि लेख्न थालेर छोटो समयमै सुपरिचित हुनु ठूलो उपलब्धि हो ।

प्रयोगधर्मी साहित्यकार

  • by

पूर्व ४ नम्बर भोजपुरबाट खाजा-सामलको पोको बोकेर म्याट्रिकको परीक्षा दिने सिलसिलामा वि.सं.२०१४ सालमा उहाँ काठमाडौँ छिर्नुभएथ्यो । त्यतिबेलासम्म म्याट्रिकको परीक्षा दिन काठमाडौँ नै आउनुपर्ने बाध्यता थियो ।

मनका तर्कना

  • by

मनको अध्ययन नै मान्छेको अध्ययन हो, किनकि मान्छे भनेको नै मन हो । मनको अध्ययन मनले नै गर्नु पर्नाले अर्थात् साधन र साध्य एउटै हुनाले मनको अध्ययन सहज हुन्न ।

जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

  • by

जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् ।

नेपाली नाटकमा महिलालेखन

  • by

नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ ।

केही कमजोर र केही दह्रा निबन्धहरू

  • by

साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्।

समयका कविता

  • by

कवि सचित राईका २५ वटा कविता समाविष्ट गरिएको संग्रह अर्को भ्रममा आञ्चलिक विम्बहरूको मिठासपूर्ण संयोजन देख्न सकिन्छ। कवितामा राष्ट्रियताको पक्षपोषण कवि राईले विम्बहरूको सहारामा किराँती दर्शन, संस्कृति र भौगोलिकताको सुगन्धलाई पोखेका छन्।

कथामा समाजको चित्र

  • by

साहित्यको पछिल्लो पुस्तामा विवश वस्ती एक उल्लेख्य नाम हो। उनै वस्ती चौथो कथासंग्रह यसपटक फुलेनछ गुराँस लिएर देखापरेका छन्। कविता र बालकथामा पनि त्यत्तिकै हात चलाएका वस्तीको यस कथासंग्रहमा १८ वटा कथा छन्।

कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू

  • by

कुनै युग थियो, आफ्नो साम्राज्य विस्तार गर्न विशेष लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडिन्थ्यो। त्यो घोडा जुनजुन देशमा जान्थ्यो, या त त्यस देशले हार स्वीकार गर्नुपर्थ्य या घोडा छोड्ने राज्यसँग युद्ध गर्न तयार हुनुपर्थ्य। एक वर्षसम्म यो क्रम जारी रहन्थ्यो र अन्त्यमा दिग्विजय प्राप्त गरेपछि ‘अश्वमेध यज्ञ’ गरी त्यही घोडालाई यज्ञमा बलि चढाइन्थो।

कसरी बन्यो जैसीदेवल ?

  • by

जैसी देवलको इतिहास गोरखापत्रसँग पनि जोडिएको छ । जैसीदेवल सबैले देखेका छन् । काठमाडौँ मरूटोलबाट केही पर गएपछि जैसीदेल आउँछ । अग्लो हुनाले पनि त्यो प्रसिद्ध छ ।

भोजपुरी भाषाको अग्रज भिखारी ठाकुर

  • by

दक्षिणी नेपाल र उत्तरी भारतमा भाषा तथा साहित्यको क्षेत्रमा ठूलो सफलता पाउने भिखारी ठाकुर । अज्ञानता, अशिक्षा, सामाजिक कुरीति र अंधविश्वासको जञ्जीरमा जकडिएको समाजमा उहाँको जन्म भएको थियो ।

20110629_DeepsShah_Samikshya

‘फ्युजन प्रतिविम्व’ छिचोलेपछि उत्रिएको प्रतिविम्व

  • by

भर्चुअल दुनियाँमा भेटिएका मेरा एक अति प्रिय कवि मित्रका अर्थपूर्ण कविताहरू यदाकदा पढ्ने गर्थेँ बिभिन्न वेब-पत्रिकाहरूमा । कसो-कसो एकदिन पत्तो लाग्यो तिनै कवि मित्र त भूगोलको उही टुक्रोमा पसिना पोख्दैरहेछन् जहाँ म छु, याने कि इजरायलमा ! खुशीको सीमा रहेन । फेरि एक दिन संयोगले जुरायो प्रत्यक्ष भेटिन । जति मिठा कविता लेख्छन् त्यतिनै रसदार बोली व्यबहार अनि अझै मिठो हाँसोको प्रत्यक फोहोरा यस्तो लाग्थ्यो मानौँ उनका कविता यसै गरी ओइरिँदा हुन्। यिनै निश्चल प्रकृतिका सौम्य ब्यक्तित्व हुन् नेपाली डायस्पोरिक साहित्यको ईतिहासमा भूमध्य सागरको छेउमा अवस्थित सानो सुन्दर देश इजरायलबाट आफ्नो साहित्यिक कोसेली नेपाली वाङमयलाई सुम्पिने प्रथम युवाकवि अशोक ‘पार्थिव’ तमाङ र उनको त्यो ऐतिहासिक काव्यकृति हो “फ्युजन प्रतिविम्व” जुन कवि पार्थिवको प्रथम प्रकाशित कृति पनि हो।

‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा

  • by

सप्तरी जिल्लाको पन्सेरा गाविस वडा न–९ मा जन्मेका र हाल जनमुक्ति सेनामा स्वास्थ्य क्षेत्रलाई कर्म थलो बनाउँर्दै आएका कवि विद्रोही जनयुद्धमा होमिएपछि साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । (१) ‘रक्तमुच्छेल अंकुरण’ र (२) ‘मुक्तिसंघर्ष’ गरी दुई ओटा कविता विधाका संग्रह निकालेका स्रष्टा विद्रोही बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । जनसरोकारका विषयवस्तु उठान गरी हृदय कल्पाउने क्षमता राख्ने उनको कलम विशेष गरी नेपाली समाज र राजनीतिप्रति केन्द्रित छ । यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश, इतिहास, कला, साहित्य तथा कम्युनिष्ट आन्दोलनतर्फ समेत मुखरित भएको पाइन्छ । उनी समाज परिवर्तनका लागि अधिकतम भूमिका निर्वाह गर्न रुचाउँछन् । उनले मूल्य सहितको जीवन बाँच्ने जीवनदृष्टि बोकेका छन् भने मानवीय सभ्यताको क्रममा विकास भएको विशिष्ट र सुन्दर अभिव्यक्तिलाई साहित्य ठान्दछन् । उन्नत विचार र कलालाई संयोजन गर्ने गरी रचना रच्ने मान्यताले ओतप्रोत भएका कवि विद्रोही थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने विचार सम्प्रेषण गरी साहित्यकारहरूले समाजलाई गुण लगाउनुपर्ने विचार सार्वजनिक गर्छन् । उनी शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीविहरूको पक्षमा, उदीयमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्य ठान्दछन् । समाजमा व्याप्त रूढिवादी, विकृति–विसंगति, थिचोमिचो, शोषण–दमनको जरो पत्ता लगाई उखल्ने जमर्को स्वरूप उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ । जनयुद्धलाई आफ्नो जीवन बनाएर शोषणरहित समाजको निर्माणमा जुटेका कवि विद्रोहीका कवितामा वर्गमाया, उत्तेजना, घृणा, सहिदश्रद्धा, स्नेहको फ्युजन पाइन्छ । उनका कविताहरू शक्तिशाली बन्दुकका गोलीजस्ता चोटिला र प्रभावयुक्त छन् । वर्गप्रेमी र वर्गघृणाको भाव छताछुल्ल रूपमा पाइन्छ । समाज रूपान्तरणका पक्षमा कवि विद्रोही कवितामा खरो साथ उभिएका छन् ।