विश्लेषण/समालोचना
अशोकका ‘FUSION प्रतिविम्वभित्र’ चियाउँदा पग्लेका भावनाहरू
कविता संग्रह निकाल्नेहरूका भीडमा प्रवासमा रहेर पनि धेरैले आफ्ना नामहरू अंकित गरिरहेका छन्। साहित्यको भकारीमा । यसै भिंडमा अर्को एउटा शसक्त हस्ताक्षरको नमुना हो अशोक पार्थिव तामाङ । जस्को कविता सँग्रह “प्रतिविम्व” केही दिन अघि मेरो हातमा परेको छ । जसलाई म समय चोरी चोरी पढ्ने जमर्को गर्दैछु । बिदेशमा रहेर पनि साहित्यप्रतिको झुकावलाई यी प्रवासी मनहरूले त्याग्न सकेका छैनन् । पुराना दिनहरूमा कलाकारिता रुचाउँने अशोक बालककालदेखि नै कविता लेख्न पनि रुचाउँथे । जब उनी बिदेश भासिए अनी उनीभित्र देश प्रेमका कुण्ठित भावनाहरू सल्बलाउँन थाले। बिदेशका भोगाईका उनका प्रतिविम्वहरू शब्दको थुँगा बनेर किताबी रूपमा यसरी प्रतिविम्वित बनेर छाए ।

बोल बमको महत्वसँगै भित्रीएको कुरीति
श्रावणको महिनासँगै सुरु हुने यो शुद्ध र शान्त मनले विशेष पर्वको रुपमा मनाइने “बोल बम बोल बम”ले हिन्दु राष्ट्रहरूलाई एकसुत्रमा बाँधी भाइचारा र धर्म संरक्षणको विशेष ज्ञान दिएको छ । यो श्रावण महिनाको सोमबारलाई विशेष गरी शिवजीको पूजा आराधना गरेर महिला तथा पुरुषहरूले आफ्ना पति तथा पत्नी अनि घरपरिवारमा सुख शान्तिको लागि बरदान मागेर वेलपत्र अनि अरु पुष्प गुच्छाहरूले पूजा गर्ने चलन छ ।
यो हामी हिन्दुहरूको लागि खुसीको कुरा हो कि यस पर्वको माध्यमले नेपालका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरू भेट भई मित्रत्व र वन्धुत्वको संदेशहरू आदान प्रदान गरेर एकसुत्रमा बाँध्ने काम गरेको पाइन्छ । तर विस्तारै विस्तारै यो पावन पर्वलाई कतिपयले फेशन, रवाफ, धाक, धन र ठूल्याँई प्रस्तुति गर्ने माध्यम पनि बनाउन थालेकोले यसलाई रोक्नको लागि हिन्दु धर्मावलम्बीका प्रमुख पण्डित तथा संचालकहरूबाट कुनै ठोस नीति अपनाउनु पर्ने र अनैतीक तरिकाबाट पूजापाठको नाममा भिडभाड मात्रै गराउन आउनेहरू, फेशन तथा अन्य कुनै पनि आफ्नोपनलाई ठूल्याँई देखाउनेहरूलाई र गरिब, दीन, दुःखी र सच्चा हृदयले पूजा गर्न आउनेहरूको एउटै भेषभुषा अनि साधारण तरिकाले हृदयदेखीनै भगवान शिवको पूजा गर्नुपर्ने मान्यताहरूलाई सर्वसाधारण माझ राखेर जानकारी गराउनु पर्ने कुराहरू पनि यथाशिघ्र लागु गरिनु पर्ने देखिएको छ ।
पुस्तक चर्चा- नयन्द्र चेम्जोङ्ग र “मोड”
मौनाबुधुक, धनकुटामा जन्मिनुभएका नयन्द्र चेम्जोङ्गसँगको साहित्यिक सामीप्यताको केहीपछि इजरायलको नामीमध्ये गनिने एउटा राष्ट्रिय पार्कमा एकदिन बेस्सरी झरी र बर्षाको दिन रुझ्दै भिज्दै साहित्यिक मनहरू माझ बडो हर्षोल्लासका साथ बिमोचन गरिएपछि हात परेको थियो त्यही संस्मरण संग्रह ‘मोड’ एउटा सानो छरितो आकर्षक पुस्तक ।
साहित्यका बिबिध बिधा मध्य मलाई असाध्यै मन पर्ने बिधामध्यको एक ‘संस्मरण’ रहेकोले अभिरुचिका साथ ‘मोड’को छेउभित्ता छाम्दै म लम्किरहेँ लम्किरहेँ। मेरो समझ अनुसार संस्मरण त्यो लेखाइ हो जहाँ लेखक सबसे इमान्दार भएर प्रस्तुत हुनेगर्छ/ हुनुपर्दछ। यसर्थ यही बिधाबाटै सम्बन्धित लेखकलाई साङ्गोपाङ्गो बुझ्न सकिन्छ।

‘को म्हेन्दोला छिग गदे’ (टटेलाको फूल भित्रको शब्दहरू)
यस सङ्ग्रहका कविताहरूले आजको समयमा भोग्नुपरेको सामाजिक तथा सांस्कृतिक विकृति र विसङ्गतिलाई उजागर गरेका छ । आजका नारीहरू परम्परागत नारीहरूझैँ पराधीन भएर अपमानको साङ्लोले बाँधिएर बस्न सक्दैनन् । यस्ता विभेदलाई भत्काएर समानता, स्वतन्त्रता र आफ्नो अस्तित्वको लागि नारीहरू सक्षम छन् र हुनुपर्छ भन्ने आवाज सङ्ग्रहका कविताहरूले गरेको छ । सधैँ विचरा, निरीह र पराधीन नबनेर नारी अस्मिताको रक्षा गर्न तथा पितृसत्तात्मकताको विरोधमा कवयित्री सकुलाको .”नाना आङ्ग छोर्दोजी”(दिदि बहिनि जागौं) कविताले यसरी बोलेको छ।
नाम्सा गाङ्साला नानाआङा
याङ्लान ज्याबा रे बातोजि
म्हेर्सी चिबा दुई आहिन चु
थार्बाला ज्ञामदा चुङ्तोजि

साँढे
सायद मोबाईल सिरानी मै थियो क्यार, कानै थर्किने गरी भाईब्रेट भयो । के चाहियो र जोन लिनन बिहानै मेरो शिरानीमै आईपुगे झै लाग्यो । गाउँदै थिए सुरिलो लय हालेर “सोच यहाँ स्वर्ग छैन, यो सजिलो छ यदि कोशिस गर्छौ भने । नर्क छैन यहाँ भन्दा तल, मात्र हामी माथि आकाश, सोच सबै मानिस आजको लागि बाच्दै छन्’’ । मैले हात लम्काएर भयो गाउनु पर्दैन भने झै अर्लाम बन्द गरिदिएँ । आँखा अझै खुलेको थिएन । दाहिनेतिर च्याम चुरुम तन्ना बजेको सुने, भाई अझै मस्त निन्द्रामा रहेछ । ओल्टे कोल्टे फर्किँदै । आफ्नो परक्षिा थियो । बिहानै विश्वविद्यालय पुग्नु पर्ने । पुषको सुरुवाती जाडो, फेरि आज अलिक चिसो थियो क्यार । सिरक फालेर बाहिर
म स्वास्निमान्छे भए के गर्थे ?
माथि को यो शिर्शक पढे पछी सबै ले मलाई गाली गर्नु भयो होला । यो त देवकोटा को निबन्ध को शिर्शक हो, यो फठाहा भएछ । लेखाईमा पनि यस्तो चोरि चकारी अनी फट्याँई गर्नु हुन्छ । यो त सरासर बेईमानी हो । म पुरुष हुँ । मैले चाहेको गर्न सक्छु किनकी मलाई समाजले तेती सहजता दिएको छ । मैले चाहे भने अघी को कुनै यूग अनी पछी आउने कुनै यूग लाई हाँक्न सक्छु । म यो निम्बन्ध भरी स्वास्निमान्छे हुन चाहन्छु । म तपाईं को आँखा ले मलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न चाहन्छु र यो पढि सकेपछी भन्नु होला क्याबात !
तिमि म अनि मेरो देश
तिमी आफ्नो प्रेमीकालाई माया गर्छौ । घर, परीवार, बन्द ब्यबसायको माया गर्छौ । यर्थाथ यही हो, बास्तबिकता त यही हो की तिमी आफु निकटका हरेक हरेक बस्तु माथी माया देखाउँछौ । तर तिमीलाई लाग्दैन कि तिमी कसैलाई प्रेम गर्न छोड्दै छौ, कसैप्रती मोह टुटाउँदै छौ—देशप्रेम । हो तिमीमा कती छ देशप्रेम, के तिमी देशभत्त छौ ? तिमीलाई तिम्रो माटोको माया छ ? एकजना भाईको फेसबुकमा स्टेटस पढे, रमाईलो लाग्यो । आफ्नो देशलाई मिस गर्दै छ रे, र्पसी नेपाल आउँदैछ—
