Skip to content

विश्लेषण/समालोचना

कृतित्वमाथिको पुस्तक

  • by

जगदीश घिमिरेले साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । उनको साहित्यको सूक्ष्म मूल्यांकन गरेका छन् नेपाली विषयका सह-प्राध्यापक तथा अध्येता विष्णुप्रसाद पौडेलले जगदीश घिमिरेका साहित्यिक रचनाहरूको अनुशीलनमार्फत ।

सबै उमेरका लागि

  • by

बालसाहित्य-सर्जकका रूपमा गोपाल पराजुली पृथक् परिचय बनाइसकेको नाम हो । तर, पछिल्लो समय बालसाहित्यमा मात्र उनको कलम सीमित भएन ।

आत्मकेन्द्रित कृति

  • by

आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् ।

चित्रमा दैनिकी

  • by

मानव जन्मदेखि नै हरक्षण हर पल केही नयाँ कुरा देखिरहेको वा अनुभव गरिरहेको हुन्छ । यही अनुभव नै उसको जीवनमा सिकाइको अभ्यास पनि हो ।

काष्ठमण्डपको कथा

  • by

काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको राज्यकालमा मत्स्येन्द्रनाथको जात्राको अवसरमा मानिसको रूप लिएर कल्पवृक्ष जात्रा हेर्न आएछन् । मत्स्येन्द्रनाथका एकजना पूजारीले कल्पवृक्षलाई चिनेछन् र समातेछन् ।

थरी-थरीका विवाह

  • by

गएको असार २५ गतेको कुरो हो । पङ्क्तिकार जीवनमा पहिलोचोटि जनवादी वैवाहिक कार्यक्रममा सहभागी हुनपुगेको थियो ।

गएको पनि पत्तो भएन

  • by

इष्ट-मित्र, छरछिमेक, बन्धु बान्धव भनेको चाहिन्छ कुन बेला के पर्छ पर्छ भनेर सम्बन्ध बढाउनेहरूको भीडमा अम्बर रिजाल पनि पर्नुहुन्थ्यो होला ।

उच्चकोटीका नेपाली दृश्यचित्र

  • by

आधुनिक युगको नेपाली माटोमा जन्मी हुर्की पाश्चात्य शैलीमा नेपाली चित्रकलाको विधामा नयाँ आधुनिक स्रष्टा चन्द्रमानसिंह मास्के (वि.सं. १९५६-२०४१) लाकृतिहरू राष्ट्रिय धरोहरको रुपमा रहेका छन् ।

‘बेकर स्ट्रिटका दुई आँखा’ सँग आँखा जुध्दाको प्रभावहरू

  • by

जया जी !

तपाईँको ‘बेकरस्ट्रिटका दुई आँखा’ सँग एक दफा आँखा जुझ्दाको असरहरू (पाठकप्रतिकृया) कहने जाँगर चलाएको छु । तपाईँको निम्तो हुँदा-हुँदै उक्त कृतिको विमोचनमा उपस्थित हुन मैले नीच मारिसकेको थिएँ । किनकि म कथा बनाउँदिनँ (यद्यपि कथा पिउन मैले रुचाए पनि समय अभाव छ) र लन्डन बस्ने लाहुरेनीले फुर्सद र रहरमा बनाएको कथासङ्ग्रहको विमोचनमा वक्ताहरूले खास कुरा के बोल्लान् भन्ने मेरो पूर्वाग्रह वा उपेक्षा थियो । तर तपाईँसँग हेमखेम बढे मेरो भावी लन्डनयात्रामा तपाईँबाट साहित्यिक मदत पाइने आस, छिमेकी जिल्ला सङ्खुवासभा (भोजपुरपारि) को पुरानो वासी र पछि ससुरालीजिल्ला (झापा) वासी तथा स्वजाति महिला सर्जकको नाताले त्यस कार्यक्रममा जाने मन बनाएँ । जसले गर्दा तपाईँको रमाइलो कथाहरू पिउने अवसरदेखि मैले वञ्चित हुनु परेन ।

20110729_RamBikramThapa_BookReview

पुस्तक समीक्षा : युग उचाल्ने अक्षरकर्मीको अवसान

बालकृष्ण सम, पहलमानसिंह स्वाँर, विजय मल्ल र गोपालप्रसाद रिमालहरूको जमाना अब रहेन । सरुभक्त र गोपी सापकोटाहरूले पनि नाटक लेखनबाट विश्राम लिएको वर्तमान अबस्थामा कृष्ण शाह यात्री, किशन थापा अधीर, विमल भौकाजीजस्ता सीमित सर्जकहरूले मात्र नाटक/एकाङ्की विधामा कलम चलाइरहेका छन् । नाटक मञ्चनको मौसम पनि प्रतिकुल भइरहेको यस्तो खडेरीमा एउटा नाटक/एकाङ्कीसङ्ग्रह प्रकाशित भएको छ -‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । यो नाट्यकृतिका सर्जक हुन्-नन्दलाल आचार्य ।

२०३० सालमा उदयपुरको ठोक्सिलामा जन्मेर हाल राजविराजमा शिक्षणरत नाटककार नन्दलाल आचार्यका एकाङ्की, नाटक, कविता, कथा, समीक्षादि विविध विधाका फुटकर रचनाहरू राष्ट्रियस्तरका साहित्यिक पत्रिकाहरूमा पढ्न पाइएकै हो । २०६३-२०६६ मा सिर्जित र २०६४-२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कुल १५ ओटा नाटक/एकाङ्की सङ्गृहित सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन ।

लुङ्मारी मिथकभित्र डुबुल्की मार्दा

यति खेर मेरो हातमा नयाँ स्वादको, नयाँ ढंगको अनि नयाँ हातको, हृदयबाट नै अर्पित ‘प्रेमिल शब्द थुँगाहरू’ “लुङ्मारी मिथक” कवितासंग्रह छ । म स्वाद मानी मानी बिदेशी भूमिमा यो पट्यारलाग्दो समयमा यही संग्रहको रसास्वादन गरिरहेकी छु । मुहार पुस्तिकाको माध्यमबाट परिचित बहिनी मनुको आगमन साहित्य क्षेत्रमा एउटा सशक्त कविको रूपमा मानेकी छु मैले । पहिला पहिला साधारण गीतहरू मात्र लेख्ने उनका औँलाहरू अहिले आएर यति सशक्त कविता लेख्नमा पनि पोख्त भएको देख्दा लाग्छ, नारी हस्ताक्षरहरूमा साहित्यले अर्को पृथक र ओजिलो हस्ताक्षर प्राप्त गर्न सफल भएको छ ।

“लुङ्मारी मिथक” मा कवि मनुले आफ्नै लोहोरुङ भाषालाई उभ्याएर शीर्षक राखेकी छिन् । उन्को अर्थमा लुङमारीको आशय “हृदयबाट अर्पित प्रेम” अर्थात छुट्टै प्रकारको प्रेम जो अन्य प्रेमभन्दा पृथक प्रेम आफ्नो देशको साहित्यलाई माया गरेर अर्पण गर्न चाहेकी छिन् र यो छुट्टै पनि लाग्दछ । लगभग ३०/३२ वटा मात्र संग्रहित कविताहरू भए पनि गन्तीको हिसाबले न्युन लाग्दछ तर सन्देश र अर्थको हिसाबले यी कविताहरू सयौं लादछन् ।

न्हुःपुखु यसरी बन्यो रानीपोखरी

  • by

रत्नपार्कसँगै रहेको रानीपोखरी सबैले देखेका छन् । प्रतिवर्ष भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले त्यहाँभित्र रहेको मन्दिरमा गएर तेल हाल्ने चलन छ ।

मातृभाषाप्रतिको बहस

  • by

भाषाले एकअर्काको मनोभाव र आवश्यकतातर्फ सङ्केत गर्दछ । ध्वनि, शब्द र भावको सम्मिश्रणबाट भाषाको निर्माण हुन्छ । भाषाको प्रष्फुटन प्राणी जीवनमा जन्मदेखि नै उच्चारण हुन थाल्छ र विस्तारैबिस्तार विकासको उपयोगितामा परिवर्तित भई संसारसामु सुखद चिनारी बनाउन सफल सिद्ध हुन्छ ।

स्मारक नहोस् बरु स्मृति रहोस्

  • by

विलियम शेक्सपियरको जन्मथलो पुगेर गर्व गर्छौं हामी । प्रेमचन्दको गाउँ पुगेको अनुभूति पनि मजैले सुनाउँछौँ । देश विदेश घुम्दा स्रष्टाको जन्मथलो पुगेको संस्मरण सुनाएर रोमाञ्चित हुने हामीमध्ये धेरै कमले मात्र भानु जन्मथलोमा पाइला टेकेको अनुभूति रामेाञ्चक पाराले बताएका होलाउँ ।

बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य

  • by

यतिखेर नेपाली साहित्य आकाशमा सबैभन्दा बढी चर्चा आदिकवि भानुभक्त आचार्यकै छ । अहिले हामी आदिकविको सम्झना गरिरहेछौँ । हामी नेपाली !

नटाँगिएको चित्रकला

  • by

कलाकार कुलमानसिंह भण्डारीले जनआन्दोलनका विषयमा रचना गरी बनाएको चित्र (कला) प्रदर्शनीमा किन टाँगिएको थिएन ? अहिले पनि मेरा मनमा नबिर्सने छाप रहेको छ ।

मानवताका शायर फैज

  • by

फैज अहमद फैजको जन्म फरवरी ३, १९११ मा अविभाजित भारतको काला कादरे गाउँ सियालकोट (वर्तमान पाकिस्तानस्थित) मा सुल्तान मुहम्मद खानको घरमा भएको थियो ।

बिनावैशाखी उठेको मान्छे

  • by

दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने ।

मृत्यु संस्कारको परम्परा के कस्तो ? -त्रिचन्द्र प्रतीक्षा

मानिसको जन्मपछि मृत्यु अवश्यंभावी छ । मानिसको जीवन आमाको कोखबाट जीवन आरम्भ यो हाम्रो भौतिक शरीरको अन्त्य मृत्युवाट समाप्त हुन्छ ।
हाम्रो हिन्दू धर्म परम्परा अनुसार मानिसको जन्मदेखि मृत्युसम्म १६ संस्कार हुने गर्दछ, जसमा अन्तिम संस्कार अन्त्येष्टि संस्कारलाई अन्तिम मानिन्छ । हाम्रो देशका विभिन्न जनजातिहरूमा आ-आफ्नो धर्म परम्परा रीतिअनुसार मृत्यु संस्कारलाई पुरा गर्ने गरिन्छ । नेपालका केही जातिहरूले गर्ने अन्तिम संस्कारको बारेमा थाहा पाउने हैन त ?

सरल भावका कविता

  • by

संविधानलेखनमा लाग्नलाई पेशा, व्यवसाय र व्यवस्ताले अवरोध पुर्‍याउँदैन, यदि उसमा इच्छाशक्ति छ भने भन्ने कुराको प्रमाण धेरै साहित्यकारहरूमा भेट्टाइसकिएको छ ।