विश्लेषण/समालोचना
सम्झँदै डायमनशमशेरलाई
डायमनशमशेरको साथमा लेखक धरान (सुनसरी) मा वि.सं. २०१४ सालदेखि २०६० सालसम्म लगभग साढे चारदशकसम्म औषधोपचार क्षेत्रमा संलग्न रही २०६१ साल फागुन महिनामा ललितपुरको ज्वागल, कुपण्डोलमा स-परिवार बसाइँ सारेर आउनु अघिदेखि नै डायमनशमशेर राणाद्वारा लिखित ‘वसन्ती’ (२००६) र ‘सेतो बाघ’ (२०३०) उपन्यासले नेपालको साहित्यिक तथा राजनीतिक क्षेत्रमा ठूलो हलचल मच्चेको तथ्य-सत्यलाई आत्मसात् गरिसकेको थिएँ ।
भयवाद चिन्तन र विमर्श
भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो । यस पुस्तकमा भयवादका प्रवर्तक देश सुब्बाको कान्तिपुर दैनिक, ब्लास्ट टाइम्स, साप्ताहिक आवाज, जनसत्ता साप्ताहिक, लिम्बुवान ब्लकस्पट डट कममा प्रकाशित अन्तवार्ता छन् । त्यस्तै अन्नपूर्ण पोष्ट, उदघोष दैनिक, मर्निङ पोष्ट दैनिक, आवाज साप्ताहिक, राजधानी दैनिक, नयाँ पत्रिका, सनराइज साप्ताहिकमा भयवाद र आदिवासी उपन्यास सम्बन्धी छापिएका समाचार, लेख, प्रतिक्रिया छन् । टापू पत्रिकामा प्रकाशित ‘भयवादको प्रारम्भिक घोषणा’ पाठकको जानकारीको लागि समावेश गरिएको छ । देश सुब्बा संयमको उपस्थितिमा नेपालमा भएको अन्तरक्रिया, छलफल, टीकाटिप्पणी र रिपोर्ट पनि यसमा समावेश छ । वि.सं. २०६४ सालमा धरानमा भएको ‘भयवाद र आदिवासी उपन्यास’ राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएको कार्यपत्रहरूको संकलन ‘भयवाद वैचारिक चिन्तन’ को विमोचनमा ती कार्यपत्रहरूको प्राध्यापक सरण राई, समालोचक मिश्र वैजन्ती, समालोचक राम्जी तिम्सिना, समालोचक चन्द्रमणि अधिकारी, पिण्डेश्वर विद्यापीठ धरानका प्राचार्य रमेश घिमिरेले गरेका प्रतिटिप्पणी पनि समावेश गरिएका छन् ।
कमलाको ‘जीवन एक परिक्रमा’
नवदित कवयित्री एवं कथाकार कमला श्रेष्ठद्वारा रचित ‘जीवन एक परिक्रमा’ नामक पुस्तक भर्खरै बजारमा आएको छ । बौद्धिक आकारको कभर आवरणभित्रको पुस्तक सुन्दर बनेको छ ।
‘जीवन एक परिक्रमा’भित्र- शुभेच्छा पत्र, प्रकाशकीय, बेरोजगारहरू बेफुर्सदीहरू, कविता कस्तो हुन्छ, रक्सी अमृत भए, गीत जीवन एक सपना, नारीको विवशता, जीवन, खाली कागज, ठगिएको भाग्य, ‘जीवन एक परिक्रमा’, बेसहारा जीवन, गजल, मरेर जिउँदैछु, संसारमा एक्लै छु, मेरो कथा, र ईश्वरको अर्को रुपः नारी, फूल आफ्नै निम्ति फुल्छु, लक्ष्यविहीन यात्री, कसैलाई गुनासो पोखिन, विडम्बना, जिउँदैछु, प्रश्नोत्तर, आदर्शको दुःख, पुरानो मन्दिर, कोपिलामै बगर भो जिन्दगी, निर्रथक जिन्दगी, रहर, चार टुक्रा कविता र सेतो गुलाफको फूल कथा गरी जम्मा तीसवटा कविता, एक कथा र दुई अन्य गरी ३६ वटा रचनाहरू रहेको ‘जीवन एक परिक्रमा’ हुने विरुवाको चिल्लो पात भने अवश्य छ । सर्सती पुस्तक पढ्दा नवोदित प्रतिभा कमलामा तमाम प्रतिभाहरूमा हुने नून, भुटुन र अन्य मरमसलाहरू मनग्गै रहेका छन् । मोहन दुवालका अनुसार ‘अभ्यास र अध्ययनपछि कविता बन्दै जान्छन्’ भनेझैं कवयित्रीमा अध्यापन, साधन र आराधना अझै मनग्गै गर्नुपर्ने सल्लाह दिन्छु ।
दीप्स शाहको लेख पढेपछि ः संस्मरणात्मक लेखले दिन खोजेका केही सकारात्मक सन्देशहरू
यो संस्मरणात्मक लेख पढेपछि उनमा अर्थात दीप्स शाहमा राम्रो लेख लेख्न सक्ने वा गतिलो बिषयवस्तुको उठान गर्न सक्ने खुबी रहेछ । यिनी शब्दसँग राम्ररी खेल्न जान्दिरहिछिन भन्ने लाग्छ । लेख ज्यादै समय सान्दर्भिक रहेछ । त्यसैले घतलाग्दो बन्न पुगेको हो । यो आलेख उनको वास्तविक जीवनमा आधारित भए पनि यसले आधा हिस्सा ओगटेका नेपाली नारीको प्रतिनिधित्व गरेको छ भन्ने लाग्छ मलाई । जीवन ज्यादै संघर्षशील छ त्यो कठीन पनि छ । जुन जीवन दीप्सले पनि भोगेकी छिन । अर्थात उनको यो आलेख पढेपछि यही दुःख र सुखको एउटा रुप नै – दीप्स हो भन्दा पनि अत्युक्ती नहोला जस्तो लागिरहेको छ ।
समाजमा आफूलाई ठूलाबढा भनाउने वा भद्रभलाद्मी ठान्ने तर व्यबहार भने नीचता वा तल्लो स्तरको गर्नेको वाहुल्यता रहेको छ । यो तितो यथार्थ हो यहा कस्ले के खान्छ । के लाउछ भन्ने अनावस्यक कुरामा चासो राख्नेको भिडभाड छ । अरुको अनावस्यक चियोचर्चो गर्ने समाज प्रति उनी ज्यादै आक्रोशित देखिन्छिन । यो आक्रोश सान्दर्भिक छ । यो आक्रोश आक्रोश मात्र होइन यदि आवस्यक परेको बेलामा आक्रोशलाई ज्वालमा पनि वदल्न सक्नु पर्छ । समाजका ती भलाद्मी भनाउँदाले अर्थात आफूलाई समाजका ठेकेदार ठान्नेले यदि यो आक्रोसलाई बुझनेनन भने यो आक्रोसमा मात्र सिमित नभएर अवस्य पनि एक दिन ज्वाला भएर दन्कनेछ भन्ने आसाय पनि हो यस लेखको । वा लेखिका- दीप्स शाहको ।
संसारमा भएका अनौंठो रुखहरू
यस धरतीमा रुख बिरुवाको के कति महत्त्व र आवश्यक छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो तर यही धरतीमा भएका अनौठो र उपयोगी गुणकारी रुख हालसम्म पनि आम मानिसले उपयोग गर्दै आइरहेका छन् । त्यसमध्येमा पनि आश्चर्यलाग्दो अनौठो रुख पनि छन्, जुन हाम्रो कल्पनाको संसारबाट टाढाको कुरा हुन सक्छ । यस्तै अनौठो रुखको बारेमा यहाँ चर्चा गर्दैछु ।
१. सर्वत दिने रुखः अस्ट्रेलियाको क्विसल्यान्ड सहरमा एउटा विशाल रुख छ, जसको आकार बोतल जस्तै छ । यस्को उचाई १५ मिटर र फेदको मोटाइ ८ मिटर छ । यस रुखको फेदमा काटेर हेर्ने हो भने यसबाट सर्वत जस्तै मीठो र स्वादिष्ट रस निस्कन्छ ।
भ्रष्टाचार, भ्रष्टाचारी, श्राप र सुभकामना !
भ्रष्टाचार शब्द “भ्रष्ट” र “आचार” दुई शब्द मिलेर बनेको छ । यी दुई शब्द मध्ये पहिलो शब्द “भ्रष्ट”मा शक्ति केन्द्रित हुनाले त्यसमा जोडिएर आएको “आचार” शब्दलाई उसै “भ्रष्ट” शब्दले आफ्नो गुरुत्वबलमा पारेको देखिन्छ । होइन भने “भ्रष्ट” र “आचार” शब्दलाई अलग अलग बुझ्दा यसले दिने अर्थ बिल्कुल भिन्न हुन आउँछ र मूलत “भ्रष्ट” शब्द अरु बढी ब्यापक बन्न जान्छ । “भ्रष्ट”ले बाटो बिराएको र समाजले बर्जित गरेको काम गर्ने भन्ने जनाउँछ भने “आचार”ले व्यक्तिको आचरण भन्ने बुझाउँछ । तथापि त्यो आचरण भ्रष्ट व्यक्तिको होस् या सदाचारीको, यसमा कुनै भिन्नता हुँदैन । यसर्थ, भ्रष्ट व्यक्ति तपाईं, हामी जो कोहि पनि हुन सक्छौं किनकि बाटो बिराउने जति सबैलाई भ्रष्ट्राचारी नै भन्ने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा भने भ्रष्ट्राचारी उनैलाई मात्र मानिन्छ जस्ले सार्वजनिक पद धारणगरि पदीय दुरुपयोग द्वारा अर्थोपार्जन गर्दै आएका छन् । यस्मा लिने र दिने दुबै पक्ष्यलाई भ्रष्टाचारी मान्नुपर्ने हुन्छ । भनिन्छ – “ लाउकेले लाउ दिएर नै नाठो पल्कने हो ” । तर हामीकहाँ लाउके भन्दा नाठो नै शक्तिशाली बन्दै आएको देखिन्छ । लाउकेले लाउ दिनै पर्दैन, नाठोले नै जबर्जस्ती लाउ दिन बाध्य पार्छ र खुलेआम लाउकेलाई लुट्छ । दुबै आ-आफ्ना धर्ममा हिंड्दैनन् र पथभ्रष्ट भैदिन्छन् जस्का कारण भ्रष्टाचारले झाँगिने मौका पाउँछ । नाठाहरू खुलेआम भन्छन् – “मैले उस्लाई लुटिन भने अरुले नै लुट्छ । यसै उसै ऊ त लुटिनु नै छ । यसैले अरुले लुट्ने साटो मैले नै किन नलुट्ने ?” नाठाहरूको चित्तमा यही भावनाले जरो गाडेको हुँदा थोरै यसको भनक लाउकेले पनि पाएकै हुन्छ र ऊ धेरै थोरै लुटाउन तयारै हुन्छ । यहाँ, लाउकेका रुपमा नेपाली जनता, संघ संस्था तथा सरकारी निकायबाट काम लिनुपर्ने जति सबै समुदाय र नाठोका रुपमा सरकारी कर्मचारीलाई उभ्याएर हेर्दा माथी भनिएको कुरा ठीकै हो कि जस्तो पनि देखिन आउँछ ।
गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव -२
ऋषिप्रसाद लामिछानेको साहित्यिक नाम गोर्खेसाइँलो हो । राष्ट्रिय भावनाले ओतप्रोत भएर गोर्खे र जन्मक्रमले साइँलो नभए पनि ठेट नेपालीपन जनाउने क्रममा साइँलो भएर उनले आफ्नो साहित्यिक उपनाम गोर्खे साइँलो राखेको हुनु सम्भव छ ।
वि.सं. २००९ भाद्र १० गते सोमबार ऋषिपञ्चमीको दिन दिनको २ः३० बजे पिता बोधनाथ लामिछाने माता हिमकुमारी लामिछानेको कोखमा पश्चिम १ नं. नुवाकोट चतुराले गा.वि.स.-४ थर्पुगाउँमा उनको जन्म भएको हो । हाल उनको बसोबास चितवनको भ.न.पा.-४, विशालमार्ग, नारायणगढमा पर्दछ । यतिबेला उनी घरको धुरीमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को बोर्ड टाँगेर तीनपुस्ते बृहद् परिवारका बीच गेट नजिकै शेरजत्रो कुकुर बाँधेर मूलद्वार नेरैको एक कक्ष नेपाली भाषासाहित्यका पुस्तकहरूले भरिभराउ गर्राई तथा भित्ताहरू सहिद र स्रष्टाहरूका तस्वीर एवम् आफ्ना पदक, सम्मान र पुरस्कारले सजाएर अतिथि कक्ष एवम् कम्प्युटर कक्ष समेत त्यसैलाई मानी इमेल-इन्टरनेटसमेत जडान गरेर साहित्य-साधनामा रमाइरहेका छन् ।
