Skip to content

विश्लेषण/समालोचना

ओझेलमा असल स्रष्टा

  • by

यतिखेर दैवज्ञराज न्यौपाने राम्ररी बोल्नसक्ने अवस्थामा हुनुहुन्न, उहाँका बारेमा यतिखेर कसैले बोलेकै छैन भन्दा हुन्छ । यतिखेर दैवज्ञराज न्यौपानेका आँखाले राम्ररी काम गर्न छाडेका छन्, उहाँको अवस्था अरूले नदेखे सरहै भएको छ । दैवज्ञराज न्यौपानेले लेख्न नसकेको छ महिना भइसक्यो, उहाँको बारेमा कसैले नलेखे जस्तै भएको छ । एउटा स्रस्टा विगत तीन वर्षदेखि अस्वस्थ र अशक्तजीवन बाँच्दासमेत धेरैले पत्तोसमेत पाएका छैनन्, कतिले चासोसमेत लिएका छैनन् ।

तीतो सत्य

  • by

जीवनका लामा बाटाहरूमा यात्रा गर्दा जिम्मेवारी र कर्तव्यपूर्ण मोडमा कतिले खुट्टा कमाएर बाटो बिराए, कतिले बाटो हिँड् नेहरूलाई झुक्याएर छिर्के हाने र कतिले यस्ता विषम-यात्रालाई निर्भयपूर्वक गन्तव्यको किनारसम्म टेकाउन सक्षम भए ? पुरानो कालखण्ड हुँदै झन्डै एक दशकअघिसम्मको नेपाली साहित्य, कला र राजनीतिक फाँटको वृत्तान्त वर्णन गरेका छन्, इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक अतीतका स्मृति र अनुभूति -विश्वेश्वरदेखि वीरेन्द्रसम्म मा ।

नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक

  • by

पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने गर्थें । नेपाली सङ्गीतका पहिलो गायक भारतको भाक्सुका नेपाली गायक माष्टर मित्रसेनको अवसान भइसकेको थियो । त्यस्तै मेलवादेवी काठमाडौं छोडेर कलकत्तामा बस्ने गरेकी थिइन् ।

स्याबास कान्छा-कान्छी!

  • by

कान्छाले कान्छीलाई लग्यो
वनको बाटो लाल्टिनै बालेर

स्वर सुहाउँदो स्केल र ६/८ बिट भएको लोकगीत होला, मैले सानो छँदै सुनेको थिएँ । माथिको दुई लाइनबाहेक अरूमा के-के छ, त्यो मलाई थाहा छैन । धेरैलाई सोध्दा अरूहरूलाई पनि थाहा रहेनछ । यसको ट्युन पेन्टाटनिक स्केलमा छ र लाग्छ— यो पहाडवासी नेपाली जनजातिको गीत हो, तर यसको स्वर रचना ‘पुरातन शैली’को लाग्छ । लाल्टिनको आविष्कार भएपछि मात्रै यो गीत रचिएको हुनुपर्छ ।

मोफसलः पीडा र रचनाशक्ति

माटोको सुगन्ध बोक्ने सिर्जना आयातीत नारा र विदेशी नक्कलभन्दा धरै शक्तिशाली हुन्छ, यस्तो साहित्य यथार्थका भोगाइहरूबीच फस्टाउँछ । ढुङ्गा फोरेर हुर्कने पीपलजस्तै यस्ता साहित्यले फस्टाउन अरूको सहारा लिनुपर्दैन । यो आफ्नै सामर्थ्यमा हुर्कन्छ, फस्टाउँछ र मूलधारमा समाहित भएर इतिहासमा आफ्नो स्थान आफैँ बनाउन सक्षम हुन्छ । मोफसललाई न त राजधानीको थाँक्रोको चढ्नुपर्छ, न कुनै समालोचक र अखबारी स्तम्भकारहरूको गुटगत चर्चाको अशीर्वादकै आवश्यकता रहन्छ । शक्तिशाली कलमहरू मोफसलमा रहेर पनि आफ्नै रचना शक्तिमा स्थापित हुँदै आएका छन्, रचनाशक्ति नहुनेहरू राजधानीमै रहेर पनि पानीको फोकाझैँ अस्तित्वबोध हुन नपाउँदै बिलाएका पनि छन् । मोफसलमा रहेर निरन्तर सक्रिय कलमहरूले यसको दृष्टान्त दिई नै रहेका छन्, राष्ट्रिय मूलधारको साहित्यलाई चुनौती दिँदै आफ्नो स्थान बनाइ नै रहेका छन्, बनाइरहने छन् ।

पर्वका परिकार (माघे संक्रान्ति)

हरेक वर्षको माघ १ गते माघे संक्रान्ति मनाउने प्रचलन छ । माघे संक्रान्ति भन्नेबित्तिकै घ्यू, चाकु, तिलको लड्डु, तरुल, सेल, फुलौरा आदि परिकारहरूको सम्झना आउँछ । हाम्रो देशको चाडपर्व, संस्कृति र सोसँग गाँसिएको खानपान प्रकृति एवं मौसम सुहाउँदो छ । तराईमा यो दिन माघी नामले विशेष पर्वका रूपमा मनाउँछन् ।

अवरुद्ध आशाबारीको धुन

  • by

उनी विसं २००६ मै साहित्यमा होमिएका हुन् । तर, ००९ सालमा रेडियो नेपालले स्वर-परीक्षामा उत्तीर्ण गरिदिएको भए सायद उनी गायक पो हुन्थे कि – ००५ सालको आरम्भतिर उनी राजनीतिमा लागे । यसको कारण श्यामप्रसाद शर्मा थिए । श्यामप्रसाद वीरगन्जबाट भर्खर काठमाडौं पसेका थिए । उनी साहित्यमार्फ राजनीति र चेतनाको बीउ र्छर्दै हिंडेका थिए । श्यामप्रसादकै हुटहुटीमा उनी र समविचारका केही मित्रहरू मिलेर एउटा हस्तलिखित साहित्यिक पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो, सन्देश । त्यसैमा उनको पहिलो कविता छापियो ।

नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि

कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिले अहम् भूमिका निर्वाह गरेको हुन्छ । विज्ञान प्रविधिको समुचित विकास र प्रयोगले विश्वका धेरै मुलुक आज आˆनो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तर माथि उकास्दै उन्नतिको शिखरमा पुग्न सफल भएका छन् । संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणसँगै नयाँ नेपाल निर्माणको प्रसड्ढ उठिरहेका बेला समयको माग र आवश्यकतासँगै विज्ञान र प्रविधिको पनि विकास गरी यसको समुचित प्रयोग गर्नसके नेपाल र नेपालीको जीवनस्तर उकास्ने कार्यमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।

पुराणको अन्यायमा परेका इन्द्र

हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि देखिन्छन् हिन्दी टेलिशृङ्खलामा । जहिले पनि असुरहरूले अमरावतीमा आक्रमण गर्ने, इन्द्रलाई पराजित गरेर भगाउने र अमरावतीका अप्सराहरूको भोग गर्ने कथा हिन्दु समाजमा छ्यास्छ्यास्ती छरिएका छन् ।

मान्छे पनि काले त्यति राम्रो थिइन-दुर्गालाल श्रेष्ठ

  • by

भनिन्छ, काठमाडौँको नेवार समुदायमा हप्तै र महिनैपिच्छे एक न एक चाडपर्व पर्छ । ती पर्वहरूको सांस्कृतिक महìव पनि छ । त्यही पर्वमध्येको गाईजात्रा, इन्द्रजात्राको बेला टोल-टोलका डबलीहरूमा नाटक मञ्चन हुन्थे । इन्द्रजात्राकै बेला हुनुपर्छ, डबलीकै लागि २००४ सालतिर बाङ्गेमुढाका बालकहरूले ‘सत्तलसिंह’ नाटकको ‘रिहर्लसल’ गरिरहेका थिए । नाटक ‘रिहर्लसल’ गरिरहेकाहरू दुर्गालालका टोलछिमेकी दौँतरीहरू थिए ।

लेखभन्दा लेखक भिन्न

लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् ।

नेपालभाषामा साहित्यः इतिहासदेखि वर्तमानसम्म

  • by

नेपाल मण्डलका आदिवासी जाति नेवारहरूको मातृभाषा रहिआएको नेपालभाषा नेपालको आफ्नै लिपि तथा लामो साहित्यिक इतिहास बोकेको भाषा हो । तिब्बती बर्मी भाषा परिवारमा पर्ने यस भाषा लिच्छवि कालदेखि जनभाषाको रूपमा रहिआएको छ भने यस भाषाबाट लेखिएको प्रथम अभिलेखको रूपमा ने.ई.सं. १११५ को ललितपुर रुद्रवर्ण्ामहाविहारस्थित ताड पत्रलाई लिइएको छ ।

महाकविको नौ भाषाको कविता र डा. कोइरालाको अपूरो सामग्री

  • by

संवत् २०६५ साल कात्तिक महिनाको वर्ष ४१ अङ्क ६ पूणर्ाङ्क ४७३ को ‘मधुपर्क’ पत्रिका ‘महाकवि देवकोटा विशेष’ -अङ्क)को रूपमा प्रकाशित भएकोमा यसका सम्पादक एवं ‘मधुपर्क’ सित सम्बन्धित सबैलाई सधन्यवाद बधाई ज्ञापन गर्दछु । विशेष गरेर ‘महाकवि देवकोटाको शतवाषिर्की’ मनाउन तरखर हुन लागेको बेलामा प्रकाशित यो अङ्कको विशेष महìव रहनेछ भनेमा अत्युक्ति हुने छैन ।

म के लेखूँ ?

  • by

मैले विद्यार्थी जीवनमा एउटा लेख पढेको थिएँ जसको शीर्षक थियो ‘मैं क्या लिखूँ ।’ यस लेखको विषयवस्तु के थियो अहिले बिर्सिसकेको छु तर शीर्षक चाहिँ अहिलेसम्म याद छ । आज आएर यस्तै स्थितिको सामना स्वयंले गर्नु परेपछि यसको मर्म अलिअलि बुझ्न थालेको छु । लेखन एउटा कठिन साधना हो । एउटा कठोर तपस्या हो । लेखनमा निरन्तरता हुनुपर्दछ ।

नयाँ नेपालको नयाँ काम

  • by

हाम्रो नेपालमा विभिन्न भाषाभाषी र जनजातिको बसोबास छ । तिनीहरूको रहनसहन, भेषभूषा तथा आनीबानीलगायतका केही कुरामा समानता छैन । नेपालका सबै मानिसको अनुहार, उचाइ र वंशाणुमा समानता नभएपछि सबै कुरामा भिन्नता देखिनु स्वाभाविक नै हो । अहिले भने प्रायः सबैको सोचाइ समानतामा केन्द्रित भएको छ ।

नेपाली रङ्गमञ्चको मौलिक पहिचान

  • by

नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ । हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१ मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ । लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यसबेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ ।

भाषा समावेशीकरण

  • by

२०६४ असोजको पहिलो साताबाट गोरखापत्र राष्ट्रिय दैनिकमा ‘नयाँ नेपाल’ पृष्ठ अन्तर्गत नेपालका विभिन्न राष्ट्रिय भाषाभाषीको सामाग्रीले स्थान पाएको छ । गोरखापत्रको इतिहासमा १ सय ८ वर्षपछि यसरी एउटै नेपाली भाषाको सट्टा हाल विभिन्न २५ भाषालाई समावेशीकरण गरिएको छ । भाषाभाषीका लागि यो अमूल्य कोसेली हो ।

अविरल विकल

  • by

सहरी कोलाहलदेखि पर कुनाको आरुबारी टमस हार्डीको उपन्यास ‘फार पम द म्याडिङ क्राउड’ झैं लाग्छ । सुन्दर गाउँदेखि अलि पर हरियो जंगल छ ।

अनेक आयाम छन् किराँत चाडका

  • by

अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न जातजातिले आफ्नो राज्यसँगै आˆनो भूमि, शासन व्यवस्था, सभ्यता र संस्कृति पनि चढाए ।

देवत्व

  • by

हाँसेको प्रकृतिमा देवत्व हुन्छ । सुन्दर प्रकृति, सुकोमल हृदय मानवीय चेत प्रष्ट पारेर देखाउने देवत्वका प्रमाण हुन् । देवत्व मुस्कुराउँछ विशेष गरी बाल मुस्कानबाट । बाल मुस्कानमा सहज, सहृदयी भाव हुन्छ किनकि ऊ मुस्कानमा मात्र हुन्छ । कपट हुँदैन, उसले झापट पनि दिँदैन । कपट बोकेको कालो अनुहार भित्र राक्षस हुन्छ । राक्षसी प्रकृतिको राजकाजले देवत्व मुस्कान दिन सक्ला तर त्यसभित्र देवत्व हुँदै हुँदैन । हुने, छुने सहज प्रकृतिमा हुन्छन् ।