नेपालका ऐतिहासिक तथा विश्वसम्पदा सूचिमा परेका पुरातात्विक प्रशिद्ध कलाकृतिहरूमाः भक्तपुरको ५५ झ्यालेदरवार, न्यातपोँल देवल, चाँगुनारायण मन्दिर, दत्तात्रय मठ, पाटनको २१ गजुरको श्रीकृष्ण मन्दिर, पाटन दरबार, काठमाण्डौको नौतलेदरवार, हनुमानढोका दरवार, तलेजु भवानीको मन्दिर तथा बिभिन्न देव देवालयमा भएका कलात्मक टुँडाल एवं बिभिन्न क्षेत्रहरूमा रहेका अतुलनीय काष्ठकला तथा शिलाकलाका धरोहरहरूले विश्वसामु नेपाललाई छुट्टै चिनारी दिईआइरहेका छन् । देशलाई बिश्वसामु एउटा शसक्त छुट्टै पहिचान दिन सक्नेगरी ती अतुलनीय कलाकृतिहरू सिर्जना गरी राष्ट्रलाई मात्र होइनन विश्वलाईनै अबिस्मरणीय धरोहरहरू सुम्पिगएका शिल्पकारहरूको लेखाजोखा राख्ने कार्य राज्यले गरिआएको इतिहासले देखाएको छैन । न त वर्तमान गणतान्त्रिक नेपाल सरकारलेनै गरेको छ, नत इतिहासबिद एवं इतिहासकारहरूलनै त्यस्को खोजनिति गरेको पाइन्छ, यो एउटा साह्रै नै दुखः लाग्दो कुरा हो । विश्वसम्मदा सूचिमा परेका ती अतुलनिय कलाकृतिहरू हेरेर आहा !, वाह ! भन्ने त्यही कलाकृतिहरू देखाएर राज्यकोष बढाउने एवं राष्ट्रलाईनै विश्वसामु पहिचान गराउने ती कलाकृतिहरू बनाउने शिल्पकार (कलाकारहरू) का बारेमा खोजनिति र लेखाजोखा नगर्नु भनेको ती शिल्पकारहरूको अपमान, अवहेलना एवं अबमूल्यन गर्नुनै हो । खोला तर्यो लौरौ बिस्र्यो । अब पनि राज्य र सम्बन्धित निकाय तथा सम्बन्धित सरोकारवाला व्यक्तिविषेश बाट ती शिल्पकारहरूको खोजनिति एवं लेखाजोखा नगर्ने हो भने भोलिका हाम्रा देशका सन्ततिले हामीलाई नधिकारला भन्न सकिनन् ।
नेपालको अधिकांश पुरातात्विक तथा ऐतिहासिक मठ, मन्दिर, दरवार, एवं अतुलनीय कलाकृतिहरू निर्माण गरी राष्ट्रलाई सुम्पिगएका शिल्पकार (कलाकार) हरूमा नेवार समुदाय भित्रका शिल्पकार (सिकःर्मि) र शिलाकार (ल्वहँकःर्मि) समुदाय नै हुन भन्ने यथार्थता कुनै नेपालीबाट लुकेको छैन । तर पनि राज्य, सम्बन्धित निकाय् तथा सरोकारवाला व्यक्ति विषेशबाट ती शिल्पकारहरूको लेखाजोखा राख्ने तर्फ र योगदानको कदर गर्ने बिषयमा कुनै कदम चालेको देखिन्दैनन् । यस विषयमा तत्कालनै राज्य र सम्बन्धित सबैबाट कदम चाल्नै पर्छ । साथ साथै ती शिल्पकारहरूका परिश्रमबाट सिर्जित विश्वसम्पदा सुचिमा परेका ऐतिहासिक एवं पुरातात्विक कलाकृतिहरूको अवलोकनबाट उठेका आम्दानीबाट केही रकम ती शिल्पकार तथा शिलाकार समुदायको हकहीत तथा शिप–संरक्षणको कार्य प्रयोजनका निमित राज्यले मेहनत्ता(चयथबतिथ को व्यवस्था गर्नु पर्दछ ।
नेपाली काष्ठकला र शिलाकलाका शिल्पकारहरूको लेखाजोखा राख्नै पर्ने कलाकृतिका मुर्धन्यहरू मध्यका नेपालको बिभिन्न क्षेत्रमा बिभिन्न काष्ठकला एवं शिलाका कलाकृतिहरू सिर्जना तथा ऐतिहासिक पुरातात्विक कलाकृतिहरू मर्मत संभार गरेर राष्ट्र«लाई आफ्नो अनुपम योगदान गरेर अबिस्मरणीय छाप छाडि समाज र राष्ट्र बाटनै अस्ताईसकेका शिल्पकारहरू मध्यका शिल्पकार(कलाकार) ” तुल्सीकुमार शिलाकार ” पनि एक हुन । निज शिलाकारज्यू पनि समाज र राष्ट्रले लेखाजोखा राख्नै पर्ने मध्यका एक हुन । भक्तपुरको ऐतिहासिक जात्राहरू मध्यका प्रमुख जात्राको रुपमा रहेको बिस्केत जात्राको मुख्य आकर्षक जात्रा भैरबनाथको रथ (भैलखः) जात्राको रथ यिनै तुल्सीकुमार र निजका पुर्खाले पुस्तेनीदेखिनै रथ निर्माण कार्यमा प्रमुख भुमिका निर्वाह गरीआई हाल सम्म पनि निजको शेषपश्यात निजका नाति लक्ष्मीप्रशाद शिलाकारले सो परम्परागत कार्यलाई निरतरन्ता दिई आएकानै छन् । त्यस्तै दसैको समयमा तलेजुमा परम्परागत सांस्कृतिक अनुसार मतः खः जदान गर्ने कार्य समेत निजका पुर्खादेखि हालसम्म निरन्तर कायमै भइआएका नै छन् । निज शिल्पी तुल्सीकुमारको पिता तुसीं शिलाकार र माता.हरी लक्ष्मी शिलाकार. का एकलो पुत्रका रुपमा बि.सं. १९७४ मा भक्तपुर नगर मंगलाछें/मुलाखु टोल हाल वडा नं. १३ मा जन्मनु भई आफ्नो बंशगत र परम्परागत शिल्पी पेशालाई अङ्गाली शिलाकलामा मात्र होइन काष्ठकलामा समेत निपूर्ण शिल्पकलाका रुपमा आफूलाई स्थापित गरी गएका छन् । निजका पत्नीहरूमा स्व. नानीमैयाँ, स्व. गणेशमाया र लक्ष्मीकेशरी समेत गरी तिनजना श्रीमतीहरू थिए भने छोराहरूमा तुल्सीबहादुर, राम र लक्ष्मण समेत तीन छोरा एवं एक छोरी सिध्दिलक्ष्मी एक गरी जम्मा चार छोरा छोरीहरू थिए ।
प्रस्तर कला र काष्ठकलाका मुर्धन्य निज शिल्पकार तुल्सीकुमार आफ्नो पिता तुसींको शिल्पकला भन्दा पनि निपूर्ण थिए भन्ने तथ्य बि.सं. २०२२ साल मा निजका बुवाले सिर्जना गरेका भक्तपुर सल्लाघारीको हाल शैनिक बिद्यालय अगाडी खेलमैदान चौउरमा रहेको शिलाको सिंहको मूर्ति निर्माण गर्दा सिंहको मूर्तिले मूर्तरुप पाई सक्दा पनि सिंहको आँखा –(दृष्टि) भने बुवाले खुलाउन नसेके पछि निज छोरा तुल्सीकुमारले दृष्टि खुलाई सिंहको मूर्तिलाई जीवन्त मूर्तरुप देखाएका शिल्पकलाबाट प्रष्ट हुन्छ । उक्त सिंहको मूर्ति अतुलनीय कलाको नमुना हो भन्ने यथार्थ सो सिंहको मूर्ति अवलोकन गरिएमा प्रस्तनै हुनेछ । निज शिलाकारले ऐतिहासिक र पुरातात्विक कलाकृतिहरूको मर्मत संभार गर्ने कार्यमा मुख्य भूमिका निर्वाह गरी एतिहासिक र पुरातातित्वक कलाकृतिहरू जोगाउन ठूलै योगदान दिएको मात्र होइन देशका बिभिन्न क्षेत्रमा आफ्नो शिल्पीकला प्रयोग गरेर काष्ठकला र शिलाकलाका कलाकृतिहरू निमार्ण गरी आफ्नो शिल्पकलाको शिप प्रदर्शन गरी गएका छज । निजको शिल्पकला बाट प्रभाभित भएर एकजना बिदेशी पर्यटकले निजलाई २०४१ सालमा स्वीटजरल्याण्ड घुमाउन समेत लगेका थिए । यसरी निज तुल्सीकुमार शिलाकारले देशको ऐतिहासिक तथा पुरातात्विक बिभिन्न क्षेत्रका कलाकृतिहरूको मर्मत संभार गरेर देशका पुरातात्विक कलाकृतिहरू जोगाउने कार्य तथा नयाँ शिलाकला ्र काष्ठकलाका कलाकृतिहरू सिर्जना गरी देश र समाजलाई धरोहरका रुपमा सुम्पी बि.सं. २०५६ चैत ९ मा ८२ वर्षको उमेरमा यस धर्तीबाट सदाकालागि बिदा भई गए । निज र निज जस्ता शिल्पीकार तथां एतिहासिक एवं पुरातात्विक कलाकृतिहरू निर्माण गरी जाने हाम्रा पुर्खाहरूको लेखाजोखा राख्ने कार्यमा हामी र हाम्रो शिल्पकार समाजले थालनी गरी सो कार्य गर्न राज्यलाई हामीले घचघचाउनु आजको आवश्यकताा हो ।
तुल्सीकुमार शिलाकारले विभिन्न समयमा मर्मत तथा संभार गरेका नेपालका एतिहासिक एवं पुरातात्विक बिभिन्न क्षेत्रका कलाकृतिहरू र निजले सिर्जना गरेका नयाँ कलाकृतिहरू निम्न प्रकार रहेका छन् ः ––
१. भक्तपुरको पाँचतल्ले मन्दिरको मर्मत कार्य हुदाँ मन्दिरका टुँडालका मूर्तिहरू तथा अन्य मूर्तिहरू निर्माण कार्य,
२. .भत्तपुरको भैरबनाथको मन्दिरका मूर्तिहरू र वेताल भैरबको काठको मूर्ति ३ थान तथा अन्य कलाकृतिहरू मर्मत तथा निर्माण,
३. भक्तपुरको भैरबनाथको रथमा राख्ने बेतासी अर्थात बेताल भैरब राख्ने बाङ्गो काठमा बुट्टा कुदन र आखाँ दृष्टि खोल्ने काम यीनै तुल्सीकुमारले गर्दै आयका छन,
४. भक्तपुरको दत्तात्रय मन्दिरको मयूर झ्याल(म्हय््खा झ्याः ) र तिका झ्याल मर्मत तथा निर्माण,
५. भक्तपुरको महाकाली पीठमा रहेको बुढानीलकण्ठ र मच्छेनारायण देवताको मूर्ति निर्माण,
६. नवदुर्गा मन्दिर गःक्षमा तिकाझ्याल र अन्य मूर्तिहरू मर्मत तथा निर्माण,
७. काभ्रे पनौतिका मथ मन्दिरहरूको निर्माण,
८. भक्तपुर सल्लाघारी सैनिक बिद्यालय अगाडिरहेको सिंहको मूर्तिमा दृष्टि खुलाएको,
९. सिन्धुपलाँचोक तातोपानीमा ढुंगेधारो निर्माण,
१०. काठमाण्डौको नारायणहीटी दरबार परिसरको मन्दिर तथा काठको मूर्तिहरू मर्मत तथा निर्माण,
११ .भक्तपुर बाराही पीठ परिसर क्षेत्र खोला तर्फ रहेको शिलाको बद्रिनारायणको मूर्ति निर्माण र रामसिताको युगलमूर्ति निर्माण,
१२. भक्तपुर दरवारपरिसरमा अन्य मठ मन्दिर मर्मत हुदा बिभिन्न मूर्तिहरू निर्माण,
१३. भक्तपुर दरवार परिसरमा अन्य मठ मन्दिर मर्मत हुन्दा विभिन मूर्तिहरू पूनर्निर्माण,
१४. भत्तपुरको नपुखु (……….पोखरी) अगादिको कुथु बःही र थःथु बःही मर्मत कार्य तथा त्यहाका कलात्मक मूर्तिहरूको निर्माण कार्य,
१५. …………. साकोठामा अजाजु देगः मर्मत तथा मूर्तिहरू निर्माण,
१६. गोरखा मनकामना मन्दिरको मूर्तिहरू मर्मत तथा सभार,
१७. भक्तपुर सूर्यविनायकमा मर्मत कार्य (सो स्थानमा मर्मत कार्य गर्न ढुङ्गा सार्ने क्रममा बासी –नाग) उठेर धुममधाम पानी परेको निजको अविस्मरणीय संझना ),
१८. भक्तपुर दरबार परिसमा रहेको पशुपती महादेवको मन्दिर मर्मत कार्य,
१९ नुवाकोट त्रीशुलीमा रहेको नौ तल्ले मन्दिर मर्मत तथा सभार, र
२०. ललितपुर पाटन कृष्णमन्दिर अगाडि रहेको केशव नारायणचोक मर्मत तथा सभार आदि इत्यादि कार्यमा संलग्न भएको ।
– ० –
सिकःमी स्मारिका ने.सं. 1132 प्रकाशक – शिल्पकार समाज नेपाल
uttam.shilpakar@facebook.com
First published on : 2013-07-09 14:34:29 +0545
