जब घाम लाग्छ म तिमीलाई खोजिराको हुन्छ
जब जुन पर्छ म तिमीलाई खोजिराको हुन्छु ।
यो माया प्रेम पनि यस्तै रहेछ – जब साथमा हुन्छौं तब कल झगडा । एउटा सानो कुरालाई पनि ठुलो बनाएर हामी एकअर्कालाई गलीगलैज गर्छौं । जब ढाटा हुन्छौं हामीहरू आफ्नो गल्तीलाई मान्छौ । संन्सारमा माया प्रेम भने यस्तै रहेछ । एउटा परीले मेरो मन मुटु चोरेर लगिन्, अहिले उनकै यादले मलाई तड्पाउदैछ ।
उनको र मेरो भेट भएको करिब तीन वर्ष जति भो । अचानक हामीहरू एउटा फोनको माध्यमले नजिक हुन्नु पुग्यौं । एक दिन हामीहरुले भेटने प्रयास गर्यौं । भेट हुँदाको पल एकदमै निरास र खुसी पनि थियो । फोनमा त हामीहरू खुलेर कुराकानी गर्थ्यौं तर जब भेट भयो हामी एक अर्काको मुखमा हेर्दै रह्यौं । आखिरमा मैले हिक्मत जुटाएर भनें, “अनि सन्चै ?” उनको उत्तर आयो,”हजुर ।”
त्यसपछि हामीहरू पार्कतिर लाग्यौं । पार्कमा एकदुई घन्ढा आ-आफ्नो घरगाउँको कुरा गर्दै बितायौं । पहिलो चोटीनै थियो मेरो कुनै केटीसँग पार्कतिर घुमेको । कतै डर पनि लाग्थ्यो कुनै मेरो आफन्तहरुले देख्छ कि भनेर । बिस्तारै समय पनि ढल्किंदै गयो । त्यो पार्कको सम्झनामा हामीले केही तस्बिरहरू आ-आफ्नो फोनमा कैदै गर्यौं । अनि पार्कबाट बहिर आइसकेपछि केही खाउँ भनेर होटलतिर लाग्यौं । होटमा खाना खाँदाको पल अलग्गै थियो । जोडी भएका केटाकेटी मात्र त्यो होटलमा बढी आउने रहेछन् । म धेरै लजालु स्वभावको भएकालेसँगै बस्नुमा पनि साह्रै गहारो लागिराखेको थियो । केही आँट गर्रेरसँगै बस्यो ।
पहिलो चोटी नै थियो मेरो कुनै केटीसगँ एकै कुर्सीमा बसेको । केही छिनमै खाना पनि आयो, हामी खाना खान लाग्यौं । उनी मलाई हेर्दै मुस्कुराउदै थिइन् । म पनि बाहिरी मनले मुस्कान दिने प्रयास गर्दै थिएँ ।
होटलको वातावरण मलाई ठिक लागेको थिएन । त्यहाँ भएका केटाकेटीको अनुशासन धेरै नराम्रो थियो । खाइसकेपछि हामी होटल बाहिर आयौ । छुट्टिने समय पनि आइपुगिसकेको थियो । हामी एक अर्काको मुखमा हेर्दै गयौं । दुवैको अनुहारमा निरास झल्किराको थियो । हामी दुइटै चाहन्थ्यौं कि केही पलहरू साथमा बिताउनु । तर समयले कहाँ मान्थ्यो र !
अन्तिममा हामीहरू आँट गर्रेर छुट्टियौं । बाटोभरि ती तस्बिरहरुलाई हेर्दाहेर्दै कोठासम्म आइपुगें । ती तस्बिरहरुलाई आफ्नो आँखामा उतार्दै निदाएछु । उनीले मध्यरातमा फोन गरेकी रहिछन । म त मस्त निदाएको रहेछु, फोन आएको पत्तै पाइन । बिहानीमा फोन हेर्दा खेरी मिसकल देखें अनि फोन लगाएँ । ऊ त हेलो भन्नुको साटो रुँदै थिइन् । मैले सोधें, “किन रुँदै हो नि ? के भो र तिमीलाई ?”
उनको एउटै उत्तर आयो, “तपाईं कति निष्ठुरी ! एउटा फोन पनि गर्नु भएन, अनि फोन पनि उठाउनु भएन ।”
मैले मुस्कुराउँदै उत्तर दिएँ, “तिम्रो तस्वीर हेर्दाहेर्दै बेहोस भएर निदाएछु ।”
दीपेन्द्र चन्द ठकुरी
