सगरमाथा विजय दिवस २९ मे
र भन्ने गरेको छु सगरमाथा मेरो देशमा पर्छ ़़़़़़़़़……………
—————————-
सन् २०१३ को मे महिनाको दिन चाइना एयरलाइनस बाट चीनको सांघाई एयरपोर्ट हुदै भारतको नया दिल्ली जाँदा इमिग्रेशन अफिसरले हाम्रो पासपोर्ट मागे जो इमिग्रेशन नियम कानून भित्र पर्ने कुरा हो |
हाम्रो नेपाली पासपोर्ट त्यहाको अफिसरले त्यो पासपोर्टमा भएको देश कहाँ पर्छ छुट्याउन सकेनन अनि ति अफिसर आँफु भन्दा ठुलो अफिसरकोमा हाम्रो पासपोर्ट लिएर गए हामि छक्क पर्यौं आफ्नु छिमेकी राष्ट्रका नागरिकले समेत नेपाल कहाँ पर्छ थाहा पाएनन हुन पनि हो नि हाम्रो उल्लेखनीय अन्तरास्ट्रिय पहिचानको उपस्थिति कमै छ हामीले चित्त बुझाउनु बाहेक के नै छ र |
एक छिन पछि भित्र बाट अफिसरले अलिक ठुलो स्वरमा कराउदै आए मैले २ ओटा शव्द बुझें अरु बाँकी के भने बुझिन ति दुइ ओटा शब्द थिए चोमोलोंग्मा र सगरमाथा
त्यो पछि हामी इमिग्रेशन पास भएर गयौं
सगरमाथामा मा पहिलो पाइला परेको दिन आज २९ मे संसार चिनाउने सगरमाथा तिमीले नेपाली भनेर चिनायौ त्यहि सम्झनामा मेरो सगरमाथाको देश तिमीलाई समर्पण गर्दछु र भन्ने गरेको छु कतै पासपोर्ट ओल्टाई पल्टाई गरे भने सगरमाथा मेरो देशमा पर्छ भनेर !!
———————————————
करोडौं ति हातहरुले मेरो देश बोकुन अब
=========================
करोडौं ति हातहरुले सगरमाथा बोकुन अब
बुद्धत्वको गौरव गाथा सिर माथी राखुन अब
सिर माथी टोप टोपी फेटा पनि ओढुन सब
मजेत्रो त्यो ओढुन आमा चौबन्दी र चोलो लगाई
पेटानी त्यो धोती सारी गीत गाउन भाका मारी
सोरठिको भाका नाचुन डाँफे मयुर मुनालसंग
चन्द्र सुर्य झण्डा बोकी हात उठून सगर छुन
करोडौं ति हातहरुले मेरो देश बोकुन अब
मेची दुख्दा काली रुने त्यो देशको कथा मेरो
वीरताको इतिहास अजर अमर देश मेरो
लाली गुराँस फूलिरहुन बेंशी लेक सधै भरि
करोडौं ति हात हरुले मेरो देश बोकुन अब
करोडौं ति हातहरुले सगरमाथा बोकुन अब
==========================
srdhakal
