Skip to content

अनुभूति/मनोन्यास

म अब भूमिका लेख्ने छैन

  • by

यो कुनै महावाणी वा सोसरहको आप्तवचन भने होइन तर पनि यसो भन्नाको कारण भने छ। के छ भनेर प्रश्न नगरिए पनि सोच्न भने सकिन्छ। यो एउटा सम्बन्धबाट प्राप्त निराशाको सुस्केरा हो। कसरी?

विश्वासले गुड्ने गाडी र मेरो इतिहास

  • by

“यो गाडी विश्वासले मात्रै गुडिरहेको छ है सर !” यो भनाइ थियो मेरा लेखक मित्र वसन्तकुमार बस्नेतको । झसङ्ग भएँ म र यताउति हेरेँ । साँच्चि नै, माथि पनि भीर, तल पनि भीर । साँगुरो बाटो, हिलैहिलो । न कालो पाटी, न ढुङ्गा-गिट्टी ।

पत्र

  • by

प्यारा साथी, सकुसल छु ।

अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै हिजो मैले धन्न ज्यान फालिन । त्यो बेला जीवनको आश मरेकै हो मेरो । मलाई पुर्नजन्म दिने ईश्वरलाई सलाम गर्छु ।

प्यारो साथी, खै मलाई पटक्कै थाहा छैन जीवन केले बनेको छ थोरै पीर-मर्कामा रुने अतास्सिने । सँगीनीसँग जीवनभरी सँगै भएर बाँच्ने बाचा त मैले पुरा गर्न नसकेर परदेशी भएको छु, दुई पैसा कमाउने आशले होइन बुबाआमा अनि तिनैहरूलाई खुसी राख्न सकुँ भन्ने चाहानाले हो ।

अपांगता (मनोन्यास)

  • by

धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर जाडोले बिस्तारै गाँज्दै लगिरहेको छ । दुखका आगाध चिसो सिरेटोले गर्दा जीवनको त्यो भरिलो रुखबाट सुन्दर सपनाका अनगिन्ती हरिया पातहरू मरिरहेका छन । कर्मको क्षितिजबाट उदाउने ती भाग्यका सुन्दर कोपिलाहरू अन्योल र निरंकुश समयको परिधिभित्र कैदी भै वैलिदै गैएका छन । आशाका ती कलिला पालुवाहरू धमाधम बसन्तको आगमन नहुदै मरिरहेका छन । निर्दयी र निरंकुशताको रातको तुषारोले सुन्दर फुलहरू पनि बिस्तारै अोइलिंदै मर्दै छन । त्यो खुला आकास पनि जून बिना छटपटाइरहेको छ । मात्र पिलपिल चम्कने मधुरो रोशनी छरेर ताराहरूले आफ्नो उज्यालो खोज्दै चम्किरहेका छन । कृतिम औंशीको रातले रामराज्यमा सामराज्य जमाइरहेको छ । बाताबरण मलिन छ । घर घरमा बल्ने दियोको रोशनी पनि अवैध क्रान्तिको हुरीले पटक पटक निभाउदै फेरि बाल्दै गर्दा थकित देखिन्छ ।

एकैसाथ हराए, ‘मन र कलम’ मेरा

  • by

मेरो मन परेको कलम हराएको धेरै दिन भएको छ । खोजी गर्दैमा घाम डुबे, धेरै । त्यो मेरो मायाको खेती । मन भनेको कलमले पोखी दगुर्ने जताततै । मनको कुनै सिलसिला बेग्लै हुँदैन । जे जो आउँछ, सोही बर्सिन्छ । कलम सशक्त माध्यम । यसरी, अहिले मन र कलम दुबै नखेलेको असहज र असहृय स्थितिमा म सास फेर्दो छु । जान्दिन, आराम हो कि यो हैरानी ।

खडेरीमा वर्षा भएर आओस् मधुपर्क

  • by

मैले जीवनको एउटा खण्डमा गोरखापत्र संस्थानमा काम गरेको थिएँ । अहिले त धेरै समय पार भइसकेको छ । मलाई स्वास्थ्यले पनि धेरै साथ दिएको छैन तर मसँग जोडिएका स्मृतिहरू कति छन् कति । मधुपर्कसँग जोडिएका सन्दर्भ र स्मृतिबारे म प्रत्यक्ष कुराकानी गर्न चाहान्थेँ तर अस्वस्थ्यताका कारण छोरा मदनराज थापाको सहारामा जवाफ दिँदैछु । अहिले मलाई धेरै बोल्न पनि मिल्दैन । यसमा दुःख नमान्नुहोला ।

स्तर खोज्नुपर्‍यो

  • by

साहित्यिक पत्रिकाको अभाव भइरहेको बेला मधुपर्क प्रकाशित हुनु ज्यादै राम्रो थियो । गुणस्तरीय कागज, छपाई, आकार ठिक्कको थियो । सबै राम्रो थियो, पछि खस्कियो । कागज पनि त्यति राम्रो भएन, आकारमा पनि एकरूपता राख्न सकेन । मेरो भनाई केहो भने कागज, छपाई र आकारमा एउटा ‘स्तर’ कायम गर्न सकेन । सस्तो कागज खोज्ने होइन, बरु मूल्य बढाइदिए हुन्छ नि ! पत्रिकाको सङ्ग्रहकर्ताका लागि गुणस्तरीय कागज, छपाइ र आकारमा एकरूपता हुनु आवश्यक छ ।

म आफू प्रकट भएको आधार नै ‘मधुपर्क’ हो

  • by

वि.सं. २००२ देखि २००४ साल साउनसम्म गोरखापत्र संस्थानमा जागिरे जीवन बिताएँ । २००४ सालमा प्रजातन्त्र नभएको बेला पनि पद्म शमशेरको शासनकाल उद्धार किसिमको थियो । त्यसबेला भर्खरै दैनिक भएको थियो गोरखापत्र र साहित्यिक रचनाहरू पनि गोरखापत्रमा प्रकाशित हुन्थे । मलाई संयोग जुरेको भन्नुपर्छ, सिद्धिचरण श्रेष्ठ सम्पादकीय विभागमा आउनुभयो र म पनि त्यसैमा थिएँ । सम्पादकीय विभागमा बसेर सम्पादन गर्दा नेपाली व्याकरणका क्षेत्रमा बसेको बानीले मलाई निकै फाइदै भयो ।

कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा नियति

  • by

गएको महिनाको कुरा हो । झापा फर्किएर व्यावसायिक बङ्गुरपालन सुरु गरेको खबर थाहा पाएपछि झापाका एकजना पत्रकार बन्धुले टिप्पणी गरे- “तपाईंले आफूले आफैँलाई चिन्न सक्नु भएनछ….।”

लयबद्ध जीवन

  • by

म जीवनको लयबद्धताको बारेमा सोचिरहेछु अथवा यसो भनूँ म लयबद्ध जीवनको अभिलाषा बोकेर जीवनपथमा भौतारिरहेको छु । म हर्दम संगीतबद्ध जीवनको कल्पना गर्छु, तर बिडम्बना मेरै जीवनमा कुनै सुर ताल मिलेका छैनन । लय, गति, यति मिलेका छैनन् । संगितबद्ध र संगतिबद्ध जीवनको लालसा सूक्ष्म कोषहरूमा बोकेर पनि संगतिहीन पाइला चालिरहेको छु, संगीतहीन धुन गुन्गुनाइरहेछु । शृंखलाबद्ध जीवनको याचना गर्छु तर पाउछु सर्बत्र बिश्रृंखलता, विदु्रपता र विपर्यासले मलाई कुंजोले जाँतो ढुँगे झैं ठुँगिरहन्छ हर्दम ।

बाह्य परिस्थिति र आन्तरिक मनस्थिति कुन शक्तिशाली हो, भेउ पाउन सक्तिन । भन्न त भन्छन् मनस्थिति ले परिस्थिति निर्माण गर्ने हो । तर मलाई परिस्थितिले लात्ते भुकुण्डो तुल्याएको छ । छातीमा एउटा सुन्दर मनोदशा निर्माण गर्ने प्रयत्न गर्छु, त्यो मनोदशाको जग नखनिंदै परिस्थिति यति दारुण र बिभत्स रुपमा प्रस्तुत हुन्छ, जसले क्षणमिनेटमा मेरो आन्तरिक मनोजगतको शान्तिलाई हरण गर्छ, आन्तरिक मनोजगतको संगतिलाई नाश गर्छ र चारैतिर जताततै बिसंगतिको राज कायम हुन्छ । त्यसपछि परिस्थितिको दास बन्ने सिलसिला सुरु हुन्छ । अनि म मनस्थिति भन्दा परिस्थितिनै जब्बर हुन्छ, शक्तिशाली हुन्छ भन्ने निचोडमा पुग्छु । हुन त मनस्थितिले परिस्थितिलाई पनि फेर्न सक्छ तर त्यो ज्यादै दुर्लभ र दुरुह संख्यामा मात्र फेरिएको छ । जब मान्छे परिवेश र परिस्थितिको निरिह दास बन्छ तब उसको आफैंमा चाउरिने सिलसिला सुरु हुन्छ । पुर्खाहरूले बनाएको उखान फेरि पनि सहिसत्य प्रमाणित हुन्छ, किन चाउरिस् मरिच आफ्नै रागले । मान्छे परिस्थितिको करिया बन्न थालेपछि रुग्ण मनस्थितिको भरिया पनि हुन थाल्छ; त्यसपछि ऊ क्रमिक गतिमा खुम्चन सुरु गर्छ । खुम्चिदै जान्छ, चाउरिंदै जान्छ । आफ्नो रागले आफैं सानो हुदैं जान्छ । अनि साँच्चैको मरिचमा रुपान्तर हुन्छ उसको जीवन ।

मैले देखेका ‘फाइभ स्टार’

  • by

म साधारण परिवारमा जन्मेँ-हुर्कें। अर्को शब्दमा भन्दा म सडकछाप मानिस हुँ। मेरो शिक्षादीक्षा पनि साधारण देहाती विद्यालय र गाउँले परिवेशमा भएको हो। म जन्मिँदा शिक्षाको प्रकाश मेरो गाउँसम्म पुगेको थिएन। मेरो जिल्ला सर्लाहीमा सम्भवतः एउटा पनि हाइस्कुल थिएन। मेरो छिमेकी गाउँमा एउटा ‘मिडल’ स्कुल थियो, जहाँ ७ कक्षासम्म पढाइ हुन्थ्यो।

आत्मा र परमात्माको खोज

  • by

जीवन एक तत्व हो। तत्व तत्वबीच द्वन्द्व भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, बायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व तत्वबीच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाब रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू ईश्वर भेटाउन सकेका छैनन। तत्व नै ईश्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्दैन। जसले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै, जसले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ। शिबलाई शिब बनाउने, रामलाई राम बनाउने, कृष्णलाई कृष्ण बनाउने, बुद्धलाई बुद्ध बनाउने, क्राइष्टलाई क्राइष्ट बनाउने, महमतलाई महमत बनाउने, जैनलाई जैन बनाउने त्यो दिब्य तत्व नै ईश्वर हो। मान्छेलाई ईश्वर बनाउने परम त्यो दिब्य तत्वको खोजीमा नै आविस्कार भैरहेको छ। कुनै पनि बस्तुको महत्व त्यो ब्याक्तिको इच्क्षामा केन्द्रित गर्छ। मैले हिराको चाहाना गरे मात्र त्यस्को मूल्य बढछ। त्यस्तै बाहानाभित्र जुन मूल्य छ त्यो नै त्यस्को सिंगो अस्तित्व हो। मैले चाहाना नगरे कसैको हुन्छ। मान्छे चाहानाकै रंग लिएर जन्मिएको हुन्छ। जब त्यो रंग उडेर जान्छ त्यस पछि मान्छे नै हराउछ। हो म त्यही रंगको त्यान्द्रोमा झुन्डिएर फेरि जन्मन्छु। त्यही पानी बरफ, त्यही पानी बाफ। आखिर पानी त पानी नै हो। तत्वको तन्तुबाट नै जीवन बन्छ। आत्माले जुन तत्वको बिषयमा आत्मासाथ गर्छ जीवन त्यहीमा गएर बाँधिन्छ अनि फेरि त्यहीबाट स्वतन्त्र हुन्छ। जीवन जुन डाँडाबाट उदायो फेरि त्यही डाडाबाट अस्ताउछ। जीवन सुन्यबाट सुरु भो र फेरि सुन्यमा नै हराउछ। आत्माबाट मनको बृत्ति हुन्छ। मनलाई शरिरबाट पन्छाएर सोच्ने हो भने त्यहाँ केबल सुन्य हुन्छ र आत्माले आफ्नो काम गरिरहेको हुन्छ। पशुमा हुने आत्मा, मान्छेमा हुने, बृक्षमा हुने आत्मा एउटै हिसाबबाट प्रभाह हुन्छ। आत्मा पशु भए पनि, बृक्ष भए पनि मान्छे भए पनि आफ्नो ठाउमा आत्मा नै व्यापक रहन्छ। त्यही आत्मा कसैले नदेखेको परमात्मासँग मेलमिलाप गर्दछ। मान्छेमा महसुस गर्ने बृत्ति ज्यादै छ। अथार्थ मन्को चेतना ब्यापक हुन्छ।

दिवंगत पुज्य पिताको स्मृतिमा

यति खेर म ब्राइटन नजिकैको सहर होपमा बसेर दिउसोतिर समुद्री किनाराहरूसँगै लुकामारी खेल्दै थिएँ । अचानक देव्रे कानमा ठुलो स्वारले ठक्कर दियो । भयानक घटना घटेको छ मेरो जीवनमा । यो अशुभ धमाकाले कानमा प्रवेश गरी मनमा एककासी अनेक कुराहरू सम्झन पुगें । अनि समुद्री किनारालाई छोडेर म आफ्नो कोठामा पुगें । हिजो मात्र सेन्ट्रल लन्डन कंगक्रस गएको थिएँ । बिरह जागेता पनि नेपालबाट कति खेर के खवर आउछ भन्ने त्रास लागिरह्यो । यसै त गत राति सपना पनि भयानक देखेको थिएँ । सपनामा हामी बाबु छोरा पहाडको कुनै कुनाबाट जहाजमा उँडिरहेका थियौं र अचानक बाबा त्यो जहाजबाट खस्नुभयो र म एक्लै बाँकी यात्रा पार गरें । यस अर्थमा पक्का पनि बाबाकै ज्यान तलमाथि परेको डर मनमा लागिरहेको थियो । त्यो रात म राम्रोसँग नसुतेर बिताएँ । भोलिपल्ट एकाबिहानै नेपालबाट फोन आयो । नभन्दै बाबा बितेको २ दिन भैसकेछ । त्यो सुनेर म स्तब्ध भएँ । न म रुन सँके न बोल्न । नेपाल गएर बाबालाई भेट्ने रहर पनि अनयास सेलाएकोले म स्तब्ध भएँ । केही दिन मात्र रुकुम गएर फर्कने र काठमान्डौ आउँछु कान्छा भनेर फोन गर्नु भएको थियो एक महिना अगाडी मात्र । म बिदा हुँदा खै किन हो बाबाले मलाई निकैबेर अंगालो हाल्नुभो र तपतप आँशु चुहाउँदै बिदा दिनुभएको थियो । सायद त्यो नै अन्तिम भेट भनेर हो कि ।

चनौटौ, घोडा र थोत्रो मान्छे

  • by

करिब साठीबर्ष पछाडि यसपालि मेरो पिताजी काठमाडौं जानुभयो । विक्रमसम्वत् दुईहजार सालमा उहाँ अठार उन्नाइसबर्षको उमेरमा पहिलो चोटि काठमाडौं टेक्नु भएको थियो । त्यसपछिको एक लामो समयरेखा काठमाडौँबाट विरत भएर पूर्वी पहाडको एउटा अनाकन्टर गाउँमा आफ्ना आयुरेखाहरू फटाइरहनु भयो । दशैँको बेलाका खसीखरिदेहरूका मुखबाट काठमाडौंको पछिल्लो दृश्य चासो राखीराखी सुन्नुहुन्थ्यो । आफ्नो एक आयु उमेरमा खण्डखण्ड युगको आस्वाद लिनुहुन्थ्यो ।

पछिल्लो काठमाडौंयात्रामा विस्मृतिको गर्भमा पुरिएका थुप्रै पुराना कुराहरू सतहमा उत्रिए । पिताजीको मार्गदर्शक भएर काठमाडौंको अनेकौ ठाँउहरू वहाँलाई डुलाउँदा दुई भिन्नयुगका आवाजहरू, ध्वनि र धुमिल दृश्यहरू श्पर्श गर्न पाँए । उहाँले दुई हजार एक साल अगाडि चुला चौका जोरेर भात पकाएको टुँडिखेल खोज्नुभयो । बानेश्वरका खोल्सामा दिशा बसेका ठाँउहरू ठम्याउन खोज्नुभयो, त्यो गगनचुम्वी कन्क्रिटका महलको वीचमा व्लाकहोलमा तारा खसे जस्तो खोजाइ थियो ।

जलेको हृदयमा फुलेको प्रेम

आदरणीय मित्र गीताजी, मेरो नमस्कार । तपाईंको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु । तपाईंलाई पहिलोपल्ट यो पत्र लेख्दै छु । मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमि आई सकेको छ किनभने मेरा जीवनका अक्षरहरू निकै गरिब भइसके । यो पुँजीवादी समयमा यस्ता दरिद्र अक्षरको केही अर्थ छैन । यी निरही र अभागी अक्षर पढ्ने तपाईंका कोमल नयनहरूमा परिवर्तनको झलक आइसक्यो । तपाईंका नजर खानदानी अक्षरतिर आर्कषित भइसके । मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र बिर्सन नसकिने विगतका ती दिब्य यादहरूले गर्दा अन्तिम पत्र लेख्न विवस छु ।

स्वर्गहरूमा पनि स्वर्ग जस्तो आफनो सुन्दर मातृभूमिलाई चटक्कै छोडेर यो विरानो दुनियाँमा रुमल्ली रहेको छु । यो विरानो ठाउँमा यादहरू नै सहयात्री बन्दारहेछन । सात समुन्द्र तरेर, सबैलाई माया मारेर एक्लै तड्पेर बस्दाका दिनहरूमा, तिनै सुन्दर अतितहरूले विगतलाई कोटयाइरहन्छ ।

सिस्नेहिमालको अनुपम सौन्दर्य र सौम्य मुस्कानको न्यानो आभाषबाट टाढा भएको पनि तिन दशक भैसकेछ । बाउन्न पोखरी त्रिपन्न ताल भनेर चिनिने मेरो प्यारो रुकुम छोडेको यत्तिका दिन भैसकेछ । समयको गर्भभित्र जीवित ती हाम्रा यादहरूले बेला बेलामा स्मृतिको कोखमा जन्मि दिंदा मन प्रशव पीडामा छटपटिन्छ । हामी पुतलीसडकमा भेटेको पनि एक दशक बितिसकेछ । समयको गतिले कहाँबाट कहाँ हुत्याइदिन्छ कुनै सिमा छैन । आज तपाईं कहाँ कस्तो परिवेशमा पुग्नु भो र म कहाँ कस्तो परिवेशमा पुगें ।

एउटा ईर्ष्या यस्तो पनि

  • by

“ऊ कपन बगलामुखी आइपुग्यो !” अनायास चहकिएको बालस्वरसँगै मेरो नजर घुम्यो र बस रोकिँदा म ढोकामा पुगिहालेँ । आज पनि म पहिलो भएँ भित्र पस्नेमा र सामुन्ने चालकपछाडिको सिट खाली भेटेर बसिहालेँ ।

मेरो बरन्डाको कुकुर

  • by

कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे ­ “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि शाश्वत थिए । घर बनाउने हैसियत मेरो थियो कि थिएन, त्यसमा बहस जरुरी भएन किनकि मेरो घर बनिसक्यो ।

नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

  • by

मान्छेका आ -आफ्नै मन पर्ने कुराहरू हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा, बुढी, केटा, केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, संगीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरू कठोर स्वभावका हुन्छन।

गोदावरीमा एक पल तिमीसँग

  • by

कहिले यो जिन्दगीलाई पल पलमा शंश्लेषण गर्न मन लाग्छ । त कहिले त्यही पल पल जोडेर जिन्दगीको बिश्लेषण गर्न मन लाग्छ । महत्वहीन एक पलको कति महत्व हुँदो रहेको मान्छेको जिन्दगीमा त्यही एक पलले मलाई जिन्दगीको निर्णय गर्न बाध्य बनायो । सरु ! त्यसैले आज म तिमीसँगको एक पल लेख्ने प्रयास गदैछु ।

मनको डायरीबाट

  • by

प्यारो भाइ,

बन्धनयुक्त सरकारी चाकरी (नोकरी) बाट उन्मुक्ति लिएर स्वतन्त्ररूपले सिर्जना गर्ने अठोटले तपाईंको व्यक्तित्वको विशेषता फुकाल्छ । हाम्रो आफ्नै अस्तित्वको निम्ति हामीले धेरैथोक गर्नु छ । अब तपाईंले निर्धक्क केही गर्न सक्नुहुन्छ भन्ने आशा र विश्वासले मलाई यो गीत लेख्न लगायो ।