तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ?
मन पराएँ माया लाएँ, मैले के बिराएँ ?
खोसेको हैन मैले, चोरेको छैन मैले
ढुङ्गा खोज्दा देउता पाएँ, मैले के बिराएँ ?
कोही माया स्वर्ग माने, कोही माया नर्क ठाने
साँचो के हो बुझ्न चाहें, मैले के बिराएँ ?
अस्ति भेट्दा लाजले मरें, हिजो भेट्दा कुरा गरें
आज नजिक सर्दै आएँ , मैले के बिराएँ ?
शब्द, संगीत – एकनारायण भण्डारी
स्वर – अन्जु पन्त
एल्बम – अध्याय

भिडियो
तिर्खा माया देउता बुझ्न सर्दै आएँ , मैले के बिराएँ ?
पोप गित… गजलै हो क्यार!
🙂