Skip to content

यहाँ देशको छ चिन्ता

  • by

यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छ्यौ
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छ्यौ

तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छ्यौ

भोलिका सन्ततिको आधार खोज्दै छु म
आधार नै हराए तिमी कहाँ रहन्छ्यौ
साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छ्यौ

शब्द: कृष्ण हरि बराल
स्वर‌: स्वरूपराज आचार्य
संगीत: गैरे सुरेश
एल्बम: माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *