Skip to content

नवप्रज्ञापन गजल

RomaLamsal


आफूले आफैँलाई अवसरमा राख्यो
आफू नदी बन्यो मलाई बगरमा राख्यो ।

सज्जनको नजर पनि परेको थियो
एक फकिरले मलाई नजरमा राख्यो ।

पिरतीको खेलमा सारङ्गीझैं रेटिएँ
राख्नेले मेरो खुसी खञ्जरमा राख्यो ।

नगरमा पुगेपछि लुटिएको हो इज्जत
फेरि प्रेमिले प्रेमिका नगरमा राख्यो ।

आँशुको बदला आँशु खोजेको रहेछ
हाँसो लुटेर चोट हरेक प्रहरमा राख्यो ।

–रोमा लम्साल
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *