आफूले आफैँलाई अवसरमा राख्यो
आफू नदी बन्यो मलाई बगरमा राख्यो ।
सज्जनको नजर पनि परेको थियो
एक फकिरले मलाई नजरमा राख्यो ।
पिरतीको खेलमा सारङ्गीझैं रेटिएँ
राख्नेले मेरो खुसी खञ्जरमा राख्यो ।
नगरमा पुगेपछि लुटिएको हो इज्जत
फेरि प्रेमिले प्रेमिका नगरमा राख्यो ।
आँशुको बदला आँशु खोजेको रहेछ
हाँसो लुटेर चोट हरेक प्रहरमा राख्यो ।
–रोमा लम्साल
झापा
