Skip to content

जिन्दगी


चल्न त सुख दुःख जसोतसो चल्छ जिन्दगी
कसलाई पो के थाहा कहाँनेर ढल्छ जिन्दगी

थुपार्नमै तछाड मछाड यति धेरै लोभ किन?
अजम्बरी को छ आखिर खरानी भै जल्छ जिन्दगी

संघर्षका आँधी बेहरी ठक्करहरू आउँछन् धेरै
तिनैसँग लड्दा लड्दै एकाएक गल्छ जिन्दगी

कसैको फुलैफुल छ कसैलाई झारपात मात्र
गोडमेल गर्न नसक्नेको कहाँ फल्छ जिन्दगी?

सहयोग गरौं एक अर्कालाई हाँसीखुसी बाँचौं सबै
दियो जस्तै ननिभुञ्जेल जहिलेसम्म बल्छ जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *