Skip to content

घर सफा राख्नलाई आगन


घर सफा राख्नलाई आगन, फोहोर गरेको छ।
त्रासले यसै पनि मनोबल, कमजोर गरेको छ।

कोरोनाको संक्रमणबाट बच्न, भन अब के गरूँ
घरबाट बाहिर कोही, ओहोर दोहोर गरेको छ।

रोगलाई पूर्व आकलन गर्न, नसक्दा विश्वभरमा
मृत्युको दर अङ्कगणित जोर-बिजोर गरेको छ।

दैनिक ज्यालादारीमा काम गरी, पेट पाल्नेहरू
सहयोग दातानै आफ्नो पराई, धेरथोर गरेको छ।

शरीर भुलेर पैसाको पछाडि,भाग्ने जमात बढे
गलत प्रवृत्तिको कसैले, भण्डाफोर गरेको छ।

दिवाकर भट्टराई
दमौली, तनहूँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *