Skip to content

तिमी खुकुरी मेरो जीवन हेर अचानो


तिमी खुकुरी मेरो जीवन हेर अचानो छ
रित्तिइसके आँसु, भन्छौ आँखा ओभानो छ

ऊ केजी होइन क्विन्टल, टनको कुरा गर्छ
आफूलाई पछ्याउने उही पाथी छ मानो छ

अरुसँग हुनु र नहुनुमा फरक देख्दिन म
छ न त छिमेकी ठुलो छ तर सोच सानो छ

मेरो देशमा पनि कानून नभएको होइन साथी
संविधान छ तर बहिरो अनि कानो छ

म रित्तिएँ कोही भरियो परिचय फरक भो
यो ज्यान आज आफ्नै परिवेशमा विरानो छ

२०७७–०३–०५,
नुवाकोट, तारकेश्वर गाउँपालिका–१,दाङसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *