Skip to content

तिम्रो दिलको गोरेटोमा

SujanTimalsina


तिम्रो दिलको गोरेटोमा जाने बाटो खोज्दैछु
मनको कुना कुना तिम्रै नाम खोज्दैछु

शरण दिने शरणार्थी हर्पल आफ्नो वरिपरि
मन भित्र बास दिन हृदयी रोज्दैछु

तिता मिठा पलहरू उनीसँगै साट्नलाई
झिनो आशको दियो बाली तिमीलाई नै खोज्दैछु

त्यो मनभित्र मेरो लागि सङ्गालिएको माया हेर्दैँ
पारि गोरेटोमा भेटौ न भन्ने मेरी प्रिया खोज्दैछु

सयौं हुलको ताँती भित्र तिम्लाई खोज्दैछु
तर्की हिड्ने अदृश्यलाई म किन ! रोज्दैछु

लेखक : सुजन तिमल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *