मनसुनका समयमा
खडेरी असम्भव होला
के भन्न सकिन्छ र खै
तर यता भावनामा
खडेरी पर्न सक्छ ।
तरङ्गित मनमा उत्ताल वेगहरू
छालसरी एकपछि अर्को गर्दै
सधैं आउँछन् भन्ने के छ ?
सर्वभक्षी हन्तकालीले
हाँग्राले पाँग्रा हसुरे झैं
दन्ते कथाको राक्षसले
फलामे चिउरा चपाए झैं
भेटे जति हसुरिरहेको छ
पाए जति पिइरहेको छ
लुकेर होइन, दिनदहाडै
जगतभर रहेको जैविक र अजैविक तत्व नै हो प्रकृति
छन् सारा प्राणी, रुख, वृक्ष अनि वनस्पति
उपलब्ध छन् यहाँ अपार जलस्रोत, वनजङ्गल, हिमशृङ्खला आदि
तसर्थ यस जगतको सौन्दर्य हो प्रकृति ।।
फूलबारी देख्दा फूलकै
नदी देख्दा नदीकै
चियाबारी देख्दा चियाबारीकै
मदिरा देख्दा मदिराकै
तरुणी देख्दा तरुणीकै
केही देख्नै हुँदैन् त्यसैको बारेमा
सबै कुरा लेखिहाल्छन् ।
जस्तो पनि बन्न सक्ने कस्तो आनी-बानी
कहिले हिउँ, कहिले बाफ कहिले तरल पानी
पौडी खेल्न नुहाउन र तिर्खा लाग्दा पिउन
पानी नभई सम्भव छैन जीवन त्यसै जिउन
यही पानीले पोल्छ कहिले, कहिले शीतल हुन्छ
यही पानीले फोहोर ल्याउँछ यही पानीले धुन्छ
देश दुखेको कुरा
माटोको माया लागेको कुरा
देशभक्ति र आदर्शका कुरा
आन्दोलन र विद्रोहका कुरा
जति नै पटक गरे पनि
माटोले माया नपाउने रहेछ
मेरो देशले माया नपाउने रहेछ ।